गोरखा, वैशाख १९ – बैशाख १९– बारपाकलाई केन्द्र बनाएर शनिबार बिहान ११ः३० बजे गएको ५.१ रेक्टर स्केलको भुकम्पले तीन ठाउँमा पहिरो गएको स्थानीयबासीले बताएका छन् ।
भुकम्पको धक्का महशुस भएपछि भागदौड गर्दा स्थानीय एक महिला सामान्य घाईते भएको स्थानीय जितबहादुर घलेले टेलिफोनमा जानकारी दिए । बारपाक गाउँभन्दा दुई किलोमिटर माथि वडा नं. ३ को वारगाउँ र धामी गाउँमा पहिरो गएको उनले बताए । पहिरोले नेपाल टेलिकमको टावरमा थप क्षति पु¥याएको छ । गत शनिबार गएको भुकम्पले बारपाकको मान्द्रेलगायत एक दर्जन गाउँमा पहिरो गएको थियो भने जमिनहरु भासिएका थिए ।
त्यहाँ स्वास्थ्य टिमसहित ४३ जना भारतीय सेनाले उद्दार र राहत वितरणको काम गरेका छन् । नेपाली सेनाका क्याप्टेन नारायणप्रसाद आचार्यको नेतृत्वमा खटिएको सेना उद्दार र राहतका लागि मान्द्रे गाउँतर्फ गएको छ ।
Comments are closed.