जर्मन च्याम्पियन बार्यन म्युनिखले छैटौँ पटक यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
पोर्चुगलको लिस्वनमा आज राति भएको फाइनल खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मन(पीएसजी)लाई १–० गोल अन्तरलेपराजित गर्दै बार्यनले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
पहिलोपटक च्याम्पियन लिगको फाइनल खेलेको पीएसजीलाई निरास बनाउने क्रममा खेलको ५८ औँ मिनेटमा बार्यनका किंग्सलेकोमानले निर्णायक गोेल गरेका थिए । उनको एक मात्र गोल टोलीलाई छैटौँ पटक उपाधि जिताउन पर्याप्त रह्यो ।
पहिलोपल्ट च्याम्पियन लिग फुटबलको फाईनल खेलेको पीएसजी गोल गर्ने राम्रो अवसर पाँउदा पनि सदुपयोग गर्न नसक्दा उपाधिजित्न असफल रह्यो।
Comments are closed.