बाह्रौं महाशिवरात्रि फेस्टिबल फागुन २० गते।

पोखरा, फाल्गुन ११

📝अजित तिमिल्सिना

पोखरा एयरपोर्ट युथ क्लबले नेपालीहरूको चाड शिवरात्रिका दिनमा बिगत १२ बर्ष देखि गर्दै आएको एन. वाई. सि महा शिवरात्रि फेस्टिबलको बाह्रौं संस्करण “yes we can celebrate without any drugs” भन्ने मुल नाराका साथ यहीँ फागुन २० गते शिवरात्रिको दिनमा हुन लागिरहेको छ।

शनिबार एक समारोहका बीच बाह्रौं संस्करणको महा शिवरात्रि फेस्टिबललाई पहिलेको संस्करण भन्दा कसरी थप व्यवस्थित बनाउन सकिने विषयमा छलफल भएको छ।
पोखरामा एवं अन्य विभिन्न ठाउँमा सामाजिक कार्यमा सधैं अग्रसर एयरपोर्ट युथ क्लब र रत्न चोक एन. वाई. सि क्लबले नेपालीहरूको छुट्टै पहिचान बोकेको पर्व शिवरात्रिलाई थप मनोरञ्जनात्मक ढङ्गले मनाउनका लागि आफुहरुले यो महोत्सव गर्दै आएको र यस बर्ष पनि त्यस कार्यलाई थप प्रभावकारी बनाउन आफुहरु तयारीमा जुटेको कुरा एन वाई सि का वर्तमान अध्यक्ष आशिक गुरुङले जानकारी दिए ।

कार्यक्रममा बोल्दै राम लामाले फेस्टिबलको मुल नारा “yes we can celebrate without any drugs ” ले शिवरात्रिका दिनमा बढ्दै गएको लागु पदार्थ सेवनलाई रोक्न र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि ठुलो छाप छोड्ने कुरा उद्घोष गरे।

फेस्टिबल जनप्रिय बहुमुखी क्याम्पसको बाहिरी सडकमा फाल्गुन २० गते दिउँसो १ बजेदेखि साँझको ९ बजेसम्म हुने छ। फेस्टिबलमा म्युजिक कन्सर्ट, सांस्कृतिक नृत्य, फुड स्टल आदिको मज्जा दर्शकले अवलोकन गर्नेछन्। कार्यक्रमको मुख्य आकर्षण नेपाली साँगितिक क्षेत्रकि लेकप्रिय रकस्टार गायिका अवय सुब्बा र स्टिम व्यान्ड, डिर्मर्ज व्यान्ड, हास्य कलाकार तथा जादुगर दिपक थापा मगर आदि रहेका छन्। म्युजिकल कार्यक्रमको सन्चालन मिस तुमुस्यो निशा गुरुङ्ले गर्नेछिन् ।

Comments are closed.