बाह्र जना जुवाडे पक्राउ

पोखरा, २६ साउन/ कास्की प्रहरीले पोखराको ड्यामसाईडबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । ड्यामसाईडमा रहेको होटल पोखरा ईनमा जुवातास खेलीरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा पोखरा १७ का सुशिल थापा, सुजन गहतराज, राजेश गुरुङ, नरेन्द्र गुरुङ, तेज गुरुङ, दिलिप गुरुङ, अंकुश शुक्ला, पोखरा १२ माटेपानीका मन बहादुर गुरुङ, पोखरा ७ का अर्जुन गुरुङ, पोखरा १० का यम बहादुर गुरुङ, भिम बराल र पोखरा ८ का ईन्द्र गुरुङ रहेका छन् ।
उनीहरुको साथबाट नगद १ लाख ५४ हजार ३ सय ४५ रुपैया र तास खेल्न प्रयोग भएको ४ बुक तास सहित कास्की प्रहरीले पक्राउ गरेको हो ।
ठुलो रकमको बाजी राखी तास खेली रहेको भन्ने विशेष सुचनाको आधारमा गएको प्रहरी टोलीले १२ जनालाई पक्राउ गरेको हो । उनिहरुलाई जुवा ऐन अनुसार म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Comments are closed.