लुगाहरु ओभाना भए । भर्खर केही झोका हावाहरु आएका थिए सुकाउन र सकिएको छ रुझाएर गएको घामको असर । उसो त रूझ्नु पनि डिटोक्सिफिकेसन हो । यसले पीडा कम गर्छ भन्ने निष्कर्ष प्रेमबिज्ञानका प्रयोगशालाहरुबाट निस्किएको थियो । घार्मितिर पुगेको हुनुपर्छ माछापुच्छ्रेमा चितुवाको ढाडमाथी मन्द गतिमा हिडिरहेको बादल भेट्न उडेको मन ।
डिसेम्बर ३१ को यो दिन दुई पृथक रातहरुबीचको अजिव दिन हो । आउने रात पोखरा निदाउने छैन, त्यसैले होला हिजोको रातलाई वर्षको सर्वाधिक लामो बनाइएको र पोखरा लमतन्न सुतेको ।
म यतिबेला पोखरा–१६ दीपस्थित एउटा किशोर घरको टाउकोमा काहुँतिरढाड फर्काएर सेती हाइड्रोपावरको सेट्लिङ बेसिन नियलिरहेको छु । हरेक दिन होलि मनाउँछ यो बेसिन । अक्सर निलो या हरियो रङ घोलिन्छ र कहिलेकाही खरानी रङ पनि । त्यही रङमा रङ्गिन आइपुग्छन केही लालुपाते जोडीहरु जुन बेसिनमा खस्नु अगाडि नै । यहाँको पानी पनि दुरुस्तै भौतिकशास्त्र पढाउने प्राध्यापकजस्तो छ । जहिले भन्छ, ‘कि तँ नबोल कि म बोल्दिन ।’ हल्लाको विरुद्धमा दिनभर गनगन गरिरहन्छ । रातमा चाहिँ खुब मेलोडियस सुनिन्छ । यहि बेसिनको आगनमा बगिरहन्छ सधै हतार गरिरहने सेती नदी । उसको हतारो कहिले सतहमा आइपुग्छ त कहिले पोखराको गर्भभित्र पस्छ र छाडिदिन्छन् साथ साक्षी किनाराहरुले पनि । सेतीपारी जस्ता ओढेर बसेको छ सुकुम्बासी बस्ती–लाल्टिन बजार ।
लाल्टिन बजारमा जस्तो कविको बस्तीमा पनि मन्दिर हुँदो हो आशावाद बचाइराख्न । कति भुराहरुको भोक मिसिएको होला त्यो मन्दिरको भित्तामा ? साच्ची कहिलेकाँही इश्वर आउँदो हो कि नाईं ? आउदो हो त कुन बाटो आउँदो हो ?
तल्लो पैदल बाटो कि माथिल्लो कच्चिसडक ?
लाल्टिन बजार उसको न्वारानको नाम हुनुपर्छ । लाल्टिन बजार पनि खुब आधुनिक भैसकेको छ । आजभोली साँझमा लाल्टिन बाल्दैन लाल्टिन बजार । बरु हप्ताको एक दुई दिन तिहार मनाउँछ र बाँकी दिन साँझ नपर्दै निदाउँछ । केही लाल्टिन बजारीयनहरु देखिन्छन् आशाको चाल्नोमा जिन्दगी चालेर बालुवाजस्तो सपनाको पहाड बनाउँदै गरेका । यिनै लाल्टिन बजारीयन मध्ये कति होलान् मेरा ‘बा साले कबि’ जस्तै देश दुखेर जिन्दगी दुखेको बिर्सने ? म कल्पना गरिरहेछु यही नदीको अलिकती दुरिको किनारतिर ‘मेरा बा साले कवि’ जिन्दगीको कविता लेखिरहेका हुनुपर्छ । उसो त कविले भनेजस्तै कुनै घरको भित्तालाई क्यानभास बनाएर पोत्दै हुनपनि सक्छन्, देश दुखाइको रङ, जीवन दुःखाइका रङ । यही लाल्टिन बजारमा जस्तो कविको बस्तीमा पनि मन्दिर हुँदो हो आशावाद बचाइराख्न । कति भुराहरुको भोक मिसिएको होला त्यो मन्दिरको भित्तामा ? साच्ची कहिलेकाँही इश्वर आउँदो हो कि नाईं ? आउदो हो त कुन बाटो आउँदो हो ? तल्लो पैदल बाटो कि माथिल्लो कच्चिसडक ?
‘भाईको कविता सुन्दर लाग्यो’ मञ्चबाट तल झरिनसक्दै एउटा प्रौढ अनुहार र जवान बोली क्रमशः आँखा र कानमा ठोक्कियो । ‘धन्यवाद’ मैले औपचारिकता निभाए । कालो भूइँमा रातो डोरा भएको वयस्क ज्याकेटमाथी मङ्गोलियन अनुहारमा स्पष्ट देखिन्थे बक्ररेखाहरु जस्लाई गणित हाईपरबोला र पाराबोला भन्छ । यो कवि अनुहार मेरा लागि त परिचित थियो तर उसको लागि म अपरिचित ।
म धर्मसङ्कट्मा परे । मैले आफू सुनाइनु भन्दा केही अघि नै उनलाई सुनिसकेको थिए तर मैले पहिले नै उनलाई भेटेर किन भनिन ‘तिमी फूल हौ’ म रन्थनिए ।
अब भनौं पैँचो सम्झने हुन् कि भन्ने भयले अठ्यायो । अर्को मन हाबी भयो र भन्यो ‘यी कवि अप्टिमिस्टिजम अपनाउछन् र सत्य आज भनेपनि सत्य हो भोलि भने पनि । यसको न ब्याज हुन्छ न मिश्रह्रास । मैले दोश्रो मनलाई अपनाए र पस्यांै कविताको सुन्दरता भित्र । हाम्रो भलकुसरी नजिकैको चिया पसल भित्र छि¥यो । मेरो दाँयातिर कबिको अगाडी एउटा किताब र बहिरसम्म निस्केका केही सेता पानाहरु देखिए ।
मैले सोधे ‘दाईलाई सबैभन्दा के ले छुन्छ र लेख्नुहुन्छ ?’
‘जीवनवाद र आशावाद’
हो त पर्दा नभएको झ्यालबाट बत्ती बलिरहेको कोठाको दृष्यजस्तो स्पष्ट देखिन्थ्यो जीवनवाद उनका कविता र अनुहारमा पनि । ‘मेरी आमाको कुरा’ कविता किताबको बीचमा ए फो साइजको पेपरमा रहेछ निकालेर हेरेँ । कविता भन्दा कम्ती सुन्दर थिएनन् उनका छापा अक्षर । साविकभन्दा अलिक बढ्दो फ्रीक्वेन्सिमा आवाज निस्क्यो ‘औपचारिक शिक्षा प्राथमिक मात्रै हो । स्वाध्ययन गर्छु अलिअलि अङ्ग्रेजी पनि जान्दछु ।’
उसो त ऊनी आफैं पनि एउटा सिङ्गो कविता हुन् । छालामा घटिसकेको कोमलत्व र हाडबाट ओरालो लाग्दै गरेको फसफोरसको अनुभुति हुनै दिँदैनन् उनीमा सवार जवान कवित्वपन र हरेक दिन जन्मने नाबालक सपना । ऊनी बताउँदै थिए, एउटा कविको भोक संघर्ष, नानिहरुको पढाई संघर्ष । ‘मजदुरी गर्छु, समय मिलाएर पढ्छु र लेख्छु ।’
‘अनि दाईको जिन्दगिको घडिले कति बजायो कुन्नि ?’
‘बीस साले हुँ ।’
‘लौ मेरै बुवाको सालको हुनुहुँदोरहेछ ।’
बुढा लगभग डेढ इन्च जति मुस्कुराए ।
मैले मनमनै जुराइदिए उनको असली नामबाट ‘बा साले कवि’ अर्थात बा जन्मेकै सालमा जन्मेका कवि ।
भाईको उमेर कति नि ?
बीस बर्ष
मेरो जेठो छोरो पनि झन्डै तपाईं जत्रै छ।
यदि बुढाको छोरो मेरोतिरै जन्मेको हुँदो हो त, उसले पनि जम्मा गर्दो हो खैनिको बट्टा, फुटेको प्लास्टिकका भाडा र पगाल्दो हो हामिसँगै क्यारेमबोड्को गोटि बनाउन ।
ए हो र कहाँ हुनुहुन्छ नि ? मैले सोधेँ ।
‘फिल्म हलमा काम गर्छ । महिनामा दस हजार कमाउँछ ।
यतिबेला बुढाको अनुहार लक्ष्मीपूजाको साँझ भन्दा अलिक बढी उज्यालो भयो । मानौँ उनका अनुहारका बक्ररेखाहरु पनि तिहार बिदामा
छन् ।
‘साना दुईवटा स्कुले नानी छन् ।’
‘राम्रो पढ्छन् । स्कुलले छात्रवृत्ति दिन्छ नगद । मलाई राहत हुन्छ ।’
उनको अनुहारको चमक उकालो लगिरहेकै थियो ।
यी कवि कहिल्यै होडिङ बोड झुन्ड्याएर हिडेनन् । कुनै वाङ्मयका ठेकेदारले उनको डम्फू बजाएनन । ऊनीभित्र जति दुख र संघर्ष सवार छ त्यो भन्दा बढी सवार रहेछ देशप्रेम ।
‘अनि दाईको जिन्दगिको घडिले कति बजायो कुन्नि ?’
‘बीस साले हुँ ।’
‘लौ मेरै बुवाको सालको हुनुहुँदोरहेछ ।’
बुढा लगभग डेढ इन्च जति मुस्कुराए ।
उनको असली नाम ईन्द्र राना ‘प्रतिक’बाट मैले मनमनै जुराइदिए ‘बा साले कवि’ अर्थात बा जन्मेकै सालमा जन्मेका कवि ।
कविसँग संघर्ष छ । उनी जीवनाबादी छन् । उनले हातमा समाएको चियाको कपलाई पनि आफ्नै जिन्दगीजस्तो बताए , ‘हामी चाहन्छौ यो चिया जसरी जीवन कहिल्यै नसकियोस् ।’ उनी कहिलेकाँही साँझ परेपछि थोरै अराजगक पनि भईदिन्छन् । एक दुई गिलाँस लोकल डर्रामा थोरै पसिनाको गन्ध मिसाउँछन् र पिइदिन्छन् जिन्दगीका दुःख, पाजी राष्ट्रप्रेम । नशा चढ्छ कहिले ठट्याकठुटुक पनि चल्छ परिवारसँग । जव छोड्छ नशाले अनि लाग्छ हत्तेरीका गल्ती गरेछु । करिब डेढ घण्टाको बसाईमा मैले एउटा सिङ्गो कविता जस्ता ‘बा साले कवि’ लाई सुने र पढें ।
यिनका पनि थुप्रै सपनाहरू हुँदा हुन तर बग्दाबग्दै बालुवा थिग्रने गरि डिजाइन गरिएको यही किशोर घर तलको सेट्लिङ बेसिनजस्तो छ जिन्दगी पनि चल्दाचल्दै सपनाहरू थिग्रन्छन । तर, जिन्दगी सपनाइतर बगेर कहाँ पुगिसकेको हुन्छ पानीजस्तै । चियापसलबाट निस्कनु अघि ‘तिमी फूल हौ’ बा साले कवि ईन्द्र राना ‘प्रतिक’को अक्षरमा फेरि पढें ।
कुनै रङ्गभेदको कुरा नगर्ने
विभेदको कुरा नगर्ने
सबै मानिसहरुलाई मनपर्ने
भमरा पुतलीहरुलाई मनपर्ने
सयपत्री, मखमली र घडीफूलको साइनोअनुकुल
फूल सुन्दरताको प्रतीक हो
फूल आफैंमा सुन्दर हुन्छ
अवगुणी त मन हुन्छ, कालो हुन्छ
तिमि आफैं सोंच त
फूल कसरी कुरुप हुन्छ ?
तिमी फूल हौ
कोपिला हुँदै फक्रिँदै
ओईली झर्ने, अनि मर्ने,
फेरि बिऊ भएर सर्ने
तिमी फूल हौ
सृष्टिको सुन्दर फूल ।
Comments are closed.