बिटी कपमा पहिलो चरणका खेल सम्पन्न

मंगलबारदेखि दोस्रो चरणका खेल हुने

,
पोखरा, २१ चैत ,,
पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५ औं संस्करणको बिटी कप पाँचौ बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । बुद्धटोल युवा क्बलको आयोजनामा जारी प्रतियोगितामा भोलीदेखि दास्रो चरणका
खेहरु क्लबका अध्यक्ष विजया गुरुबले जानकारी दिईन् । उनका अनुसार बगर स्थित पुरानो टुडिखेलमा आज सम्पन्न भिमकाली निलो र डेभिजफल्स एफसी बिच भएको खेल निर्धारित समय बराबरीमा सकिएपछि टाईबेकरमा भिमकाली निलोले १–० गोल अन्तरले जित निकाल्यो । त्यसैगरी दोस्रो खेलमा भिमकाली क्लब टिमएले डुब्गेसाघुँ क्लबलाई टाईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्याे । तेस्रो खेलपनि निर्धारित समयमा गोलरहित भएपनि टाईबेकरमा दीप युनाईटेडले ब्रदर्श युनिटीलाई ३–२ गोल अन्तरले पाखा लगायो । एलजी एफसीले स्याब्जा एफसी टिम बिलाई १–० गोल अन्तरले हरायो । एलजीको जितमा अभिषेक गुरुबले निर्णायक गोल गरे । पाँचौ खेलमा स्याङ्जा एफसी टिम एले सँगम एफसीलाई १ –० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो स्याब्जाको जितमा मुक्त थापाले निर्णायक गोल गरे । छैटौ खेलमा मिरुवा एफसीलाई बयारघारी एफसीले १–० गोलले पराजित गर्याे। बयारघारीको जितमा समिर गुरुबले गोल गरे । सातौ खेलमा विष्णु पादुका क्लबलाई कमलपोखरी क्लब टिम बिले १–० गोलले हरायो । कमलपोखरीको जितमा बिमल गुरुङले निर्णायक गोल गरे ।

आठौं खेलमा लेकसाईड एफसीले रत्नचोक एफसीलाई २–१ गोल अन्तरले सँघर्षपूर्ण जित हाँसिल गर्याे । लेकसाईडको जितमा मुक्त बहादुर तामाब र सुनिल बिकले समान १÷१ गोल गरेका थिए भने रत्नचोकको तर्फबाट सिब्कमान तामाबले सान्त्वना १ गोल फर्काएका थिए । आजको अन्तिम खेलमा रामघाट एफसीले र एनजी एफसी टिमबिलाई ३–० गोल अन्तरले पराजित गरेको बिटी क्लबका अध्यक्ष विजया गुरुबले जानकारी
दिईन् । उनका अनुसार त्यसपश्चात दोस्रो चरणका खेलहरु सञ्चालन हुनेछन् ।

Comments are closed.