बिना नेटवर्क पनि फोनमा कुरा गर्न सकिने !

save-money-using-mobile-phone-abroad-374x316एजेन्सी । भारतीय कम्पनी सहस्राले ‘इन्डस्ट्रियल स्मार्टफोन’ नामको एउटा फोन सार्वजनिक गरेको छ, जसमा स्मार्टफोनसँगै वाकी टकी समेत छ । यसबाट नेटवर्क नभएको समयमा पनि मज्जाले कुरा गर्न सकिनेछ । ताइवानको कम्पनी इन्फोम्याक्सबाट सहस्राले यसको प्रविधि हाँसिल गरेर अब भारतमा नै निर्माण गर्न लागेको हो ।

औद्योगिक संस्थान, सूदुर जंगलहरुमा नियमित गस्ती र ड्युटी गर्ने तथा सुरक्षाकर्मीहरुलाई यो फोन बरदान सावित हुने कम्पनीको दावी छ । जहाँ सम्पर्क टुट्नासाथ निकै नोक्सानी र क्षति समेत हुने सम्भावना हुन्छ । सबैको हातहातमा स्मार्टफोन भन्ने भारत केन्द्र सरकारको योजनालाई समेत मद्दत पुग्नेगरी भारतीय कम्पनीले यो फोन ल्याएको हो ।

एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने यो स्मार्टफोन नेटवर्क नभएको ठाउँमा समेत काम गर्छ र सैन्य सुरक्षा गतिविधि, आपतकालीन सेवा, हवाई क्षेत्र, मेट्रो एवं. रेलवे स्टेशन, यातायात तथा उद्योगको सुरक्षा र सूचनामा महत्वपूर्ण हुनसक्छ । कम्पनीले यसको आधिकारीक मूल्य नखुलाएपनि १० हजार भारतीय रुपैयाँ बराबर हुने अनुमान छ ।

Comments are closed.