पोखरा ,
फागुन १४
पो. म. पा. २, अर्चलबोट ,बरपाटनमा रहेको श्री बिन्ध्यबासिनी माध्यामिक बिद्यालय बाट बि स २०५३/५४ सालमा बिद्यालयको अध्ययन पछी छुटेका भुतपूर्व विद्यार्थीहरुले बिद्यालय छाडेको २५औं बर्ष (रजत बर्ष) को उपलक्ष्यमा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न गरेका छन । पोखरा ११ काहुं डाडा मा सम्पन्न भएको विद्यार्थी पुनर्मिलन तथा भेटघाट कार्यक्रममा ३७ जना पुर्व विद्यार्थी हरुको सहभागिता रहेको थियो ।कार्यक्रमको लागी पुर्व विद्यार्थीहरु बुट वल ,चितवन,दमौली र काठमाण्डौ बाट समेत पोखरा आएका थिए । “व्यक्तिगत जिवन र पेशाले देशका बिभिन्न ठाउ मा भएका समकंक्षी हरु समेत सहभागी हुन आएकोले पुनर्मिलन कार्यक्रम सोचेको भन्दा राम्रो बन्यो”पुनर्मिलन कार्यक्रमका संयोजक जिबन अधिकारिले बताए ।साथै भेलाले भविस्यमा समेत यस्ता कार्यक्रमको संयोजन तथा समुहको तर्फ बाट संभव हुने सामाजिक काममा सहकार्यको लागी ११ सदस्यीय बर पाटन समुह समेत गठन गरेको छ ।प्रदिप पराजुलिको अध्यक्षतामा गठित समुहको उपाध्यक्षमा जिवन अधिकारि,द्वतिय उपाध्यक्ष सुधिर श्रेष्ठ ,सचिव धन बहादुर मगर र कोषाध्यक्ष इन्दु तामाङ रहेका छन ।त्यसै गरी समुहका सदस्यहरु सुवास सैंजु,रीता अधिकारी,हरी बराल ,सुजित कार्कि,रमेश घिमिरे, र शुभ-दर्शन पुन रहेका छन ।
Comments are closed.