पोखरा,
विश्व हुलाक दिवस २०७९ असोज २३ (9 Oct 2022) मनाउने सन्दर्भमा यस हुलाक निर्देशनालय पोखराले यसै निर्देशनालयका शाखा अधिकृत श्री तुलसी आचार्यको संयोजकत्व तथा हुलाक निर्देशनालयका हुलाक निर्देशक श्री कीर्तनराज पौडेलको प्रमुख आथित्थ्यतामा मिति २०७९ असोज १४ गते कार्यालय परिसर सरसफाई २०७९ असोज २१ गते फूल विरुवा वृक्षारोपण कार्यक्रम २०७९ असोज २३ गते पहिलो र दोस्रो सेवाग्राहीहरु क्रमशः पोखरा अर्चलबोट बस्ने लिल पुन र अष्ट्रेलियन नागरिक माइल्स योंगलाई हुलाक निर्देशकबाट टिका खादा, डायरी, कलम सहित सम्मान गरिनुका साथै सो अवसरमा दीप प्रज्जवलन समेत भएको थियो ।
हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम, विजया दशमी शुभकामना आदान प्रदान कार्यक्रम, ज्येष्ठ तथा उत्कृष्ट कर्मचारी छनौटका सन्दर्भमा यसै निर्देशनालयका शाखा अधिकृत श्री तुलसी आचार्यको संयोजकत्वमा गठित समितिले विभिन्न मापदण्ड तयार गरी यस हुलाक निर्देशनालयमा कार्यरत हल्कारा केशवनाथ पौडेल छनौट भई हुलाक निर्देशक ज्यूबाट दोसल्ला ओढाई नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
साथै इलाका हुलाक स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सहभागी भएका ६ वटा समूह मध्ये निर्मलराज बराल र सनम बहादुर क्षेत्रीको समूह प्रथम हुन सफल भएको थियो । प्रथम, द्धितीय, तृतीय, सान्तवना र सहभागीलाई प्रमाणपत्र र नगद पुरस्कार तथा सहभागी प्रमाण पत्र प्रदान गरी विश्व हुलाक दिवस कार्यक्रम सफल रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिदै गुणस्तरीय सेवा प्रदान गर्न मातहत सबै कर्मचारीहरुलाई निर्देशन तथा शुभकामना मन्तव्य दिनुभएको जानकारी हुलाक निर्देशनालयका सुचना अधिकारी शा.अ. श्री तुलसी आचार्यले बताउनु भयो ।
Comments are closed.