बिष्णु बाँस्तोला बिरुद्द चन्द माओवादीको भण्डाफोर

basnuचन्द माओवादीका कार्यकर्ताहरुले नारा जुलुशसहित बाँस्तोलालाई कारबाही गर्न माग गर्दै अख्तियारको क्षेत्रीय कार्यालय पोखरामा ज्ञापनपत्र बुझाए भने नारासहितको पर्चा नै बनाएर बजारमा बितरण गरेका थिए । उनीहरुले बाँस्तोला माथी बिभिन्न ६ वटा आरोप लगाएका छन् ।


पोखरा, ५चैत / नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्व समुहले पोखरा उपत्यका नगर बिकास समितिका अध्यक्ष बिष्णु बाँस्तोला विरुद्ध भण्डाफोर कार्यक्रम गरेका छन् । नेपाली कांग्रेस कास्कीका कार्यवाहक सभापति समेत रहेका बाँस्तोला भ्रष्टचारी भएको भन्दै भण्डाफोर कार्यक्रम गरेका हुन् ।
उनीहरुले बाँस्तोलाको नयाँबजारमा रहेको घरमा पोष्टर पम्पलेट टाँस्नुका साथै चिप्लेढुङ्गामा उनीमाथि कारवाहीको माग गर्दै व्यानर टाँसेका छन् । नारा जुलुशसहित माओवादी कार्यकर्ताहरुले उनको घर अगाडी पुगेर पर्चासमेत बितरण गरेका थिए ।  चन्द माओवादीका कार्यकर्ताहरुले नारा जुलुशसहित बाँस्तोलालाई कारबाही गर्न माग गर्दै अख्तियारको क्षेत्रिय कार्यालय पोखरामा ज्ञापनपत्र पनि बुझाए । ‘भष्ट्राचारी, दलाली र कालोबजारीका बिरुद्द संघर्ष गर्दै, भष्ट्र विष्णु बाँस्तोलालाई कारबाही गरांै’ भन्ने नारासहितको पर्चा नै बनाएर बिप्लव माओवादीका कार्यकर्ताहरुले बजारमा बितरण गरेका थिए ।

Untitled-2 copy
पर्चामा बाँस्तोला माथी बिभिन्न ६ वटा आरोप लगाइएको छ । पोखरा बसपार्कको जग्गा मनपरी वितरण गरेको र बि.सं. २०३२ साल यताका बसपार्क सम्वन्धि निर्णय उल्टाएर भ्रष्टाचार गरेको उनीमाथी आरोप छ ।  त्यसैगरी पोखराको राष्ट्रबैंक चोकको पर्यटक बसपार्क सम्वन्धि पुरानो निर्णयका बारेमा आर्थिक चलखेल गरेर स्थानीय र पर्यटन व्यवसायीहरुको आवाज नसुनेको आरोप पनि उनी माथी लगाइएको छ ।
सेती नदी, फिर्के खोला, जिरो किमी बाग्लुङ्ग सडक खण्ड र न्युरोडको बाटोको मापदण्डमा चलखेल गरेको, अहिले नगर बिकास समितिको अध्यक्ष हुँदा पुरानो सर्वदलिय बैठकको निर्णय उल्टाएर आफुखुसी निर्णय गराउन खोजेको, बसपार्क बनाउने नाममा बैकल्पिक व्यबस्था गर्ने भनिएका सुकुम्बासीलाई हट्नका लागि सूचना जारी गरेको, महेन्द्र उच्च माबिको व्यबस्थापन समितिको अध्यक्ष पदमा रहँदा पदको दुरुपयोग गरेको र कोमागाने पार्कका बारेमा पनि गलत निर्णय गरेको आरोपसमेत उनी माथी लगाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी, माओावादी कास्कीका नाममा बाँस्तोलाका बिरुद्दमा पर्चा बनाएर माओवादी कार्यकर्ताहरुले बाँडेका थिए । यस बारेमा बाँस्तोलाले आफुलाई पुरै जानकारी नभएको वताए । ‘पर्चा सर्सा फाले भन्ने सुनेको हो, अरु केही थाहा भएन’ उनले पोखरा हटलाइनसँग भने ।  माओवादी नेता रुपेशले उनले गरेका गलत क्रियाकलापका बारेमा जनतलाई जानकारी गराएर कारबाहीका लागि अख्तियारलाई ज्ञापनपत्र बुझाइएको वताउँदै भने–‘अख्तियारले नगरे जनताले गर्छन्, जनताको तर्फबाट हामी नेतृत्व गर्न तयार छौ ।’

Comments are closed.