बि.पि. जन्मजयन्तीमा जनप्रियमा दिप प्रज्वलन!!

भदौ २४नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पस मुल इकाइ समितीको आयोजनामा बि.पि.कोइरालाको १०६ औं जन्मजयन्तीको पावन अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं नेपाल विद्यार्थी संघ गण्डकी स्वबियु परिषदका सभापति आशिक गुरुङले कहिँकतै नेपाली राजनितीक इतिहासमा बि.पि.कोइरालाले पुर्याएको योगदान लाई बेवास्ता गर्दै अगाडि बढेको बर्तमान सरकारलाई २०१५ सालको नेपाली काङ्ग्रेस त्यसमा पनि बि.पि.कोइरालाको प्रथम जननिर्वाचित सरकारका गतिविधिको अध्ययन गरेर अगाडि बढन र जनताका निमित्त कार्य गर्न आग्रह गरेका थिए। त्यस्तै कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका नेपाली काङ्ग्रेसका नेता प्रेमराज पौडेलले बि.पि.को समाजवादको सिद्दान्तको व्याख्या,उहाँको राजनैतिक पृष्ठभुमि र उहाँले देखाएको नेपाली जनताप्रतिको सम्मान लाई प्रष्ट पारेका थिए।

बि.पि.को स्मरण गर्दै कार्यक्रमका अन्य वक्ताहरु प्रजातन्त्रवादी प्राध्यापक संघ जनप्रिय बहुमुखी क्याम्पसका सभापति कृष्णबाबू बराल,ने.बि.संघ कास्कीका पुर्व सभापति एवं जनप्रियका भुतपुर्व विद्यार्थी लक्ष्मी प्रसाद पौडेल, विद्यार्थी नेता राजिव बास्तोला लगायतले बि.पि. जस्तै कुशल र समाजवादी चिन्तन बोकेको नेताको अभाव भएको र त्यस्ता नेताको उत्पादन र उहाँजस्तै कौशल नेतृत्व ने.बि.संघ र नेपाली काङ्ग्रेसले मात्रै गर्न सक्ने धारण व्यक्त गरेका थिए।

जनप्रिय नेविसङ्घ मुल ईकाई समितिका सभापति नशिव गुरुङको कार्य व्यवस्थाका कारण कार्यक्रम संयोजक समेत रहेका उपसभापति आदित्य देवकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपसभापति बिजय घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने सचिवद्दय सागर अधिकारी र हिक्मत जंग कार्कीले संयुक्त रुपमा कार्यक्रमको संचालन गरेका थिए।।

Comments are closed.