पोखरा ,
बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले २०८० सालको टेबल क्यालेन्डर बिमोचन गरेको छ ।
क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका अध्यक्ष केशब बहादुर खत्रीले बुद्व विशाल बजारमा ग्राहक बर्गलाई देखिएको पार्किङ समस्यालाई चाडैन समाधान गर्नको लागिएको बताउदै अध्यक्ष खत्रीले ब्यवसायिक साथीहरूको हकहितको लागी गठन गरिएको एशोशियसन सधै नै ब्यवसायी साथीहरूको साथमा रहिरहने बताए ।
कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन समितिका संयोजक ईन्द्रराज अर्यालले संस्थालाई चलायमान बनाउनको लागी एशोशियसनले यस्ता नियमित कार्यक्रमहरू गरिरहेको बताए ।
बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका महासचिव बुद्वि वहादुर कुँवरले एशोशियसन यो वर्ष आफ्नो रजत महोत्सवको अवसरमा विभिन्नकार्यक्रमहरू गरिरहेको बताउदै रजत महोत्सवको अवसरमा एशोशियसनले स्मारिका प्रकाशन गर्न लागेको बताए ।
Comments are closed.