बृद्धा महिलाको घाँटी  थिची हत्यामा संलग्न २ जना पक्राउ

छोराले दिए आफ्नै आमा मार्नलाई 'सुपारि'

पोखरा हटलाईन
पोखरा                                

 

                                                      चैत्र  ४ गते बिहान पोखरा १२ शितलादेवी स्थित सुकुमबासी वस्तिमा वर्ष ६७ की नौमायाँ नेपाली आफ्नै घर कोठा भित्र मृत अवस्थामा फेला परेको भन्ने जानकारी कास्की प्रहरिलाई आयो।प्रहरि घटनास्थलमा पुग्दा बृद्दाको घाँटीमा थिचेको जस्तो डाम परेको र अनुहारमा समेत आलो घाँउ देखिएकोले मृत्यु स्वभाविक नभई कर्तव्यबाट हुन सक्ने कास्कि प्रहरिको अनुमान् सहि निस्क्यो।कास्कि प्रहरिका अनुसार मृतक नेपालीका जेठो छोरा ओम बहादुर नेपालीले घर जग्गा बेच्नको लागि पटक पटक प्रयास गरेको तर आमाले जग्गा बेच्न मानेकि थिईनन् ।जग्गा बेच्न नमानेपछि  कास्की मादी गा.पा. वडा नं.१० घर भई हाल पोखरा म.न.पा. वडा नं.१२ शितलादेवी बस्ने वर्ष ३६ को  ओम बहादुर नेपालीले  आफ्नो साथी कुमार गुरुङलाई  आमा मार्नको लागि १ लाख दिन्छु भनी मार्न लगाएको  प्रहरि अनुसन्धानबाट खुल्न आएको छ।

                  ३ गते राति अबेर सम्म २ जना संगै बसी मादक पदार्थ रक्सी सेवन गरेको र घर फर्किने क्रममा ओम बहादुर नेपालीलाई मेरी आमालाई मार म बाहिर बस्छु भनी मृतक सुतेको घरको औलो आफैले खोलेर कुमार गुरुङलाई भित्र पठाएको र निज कुमार गुरुङले नौमाया नेपाली निधाएको अवस्थामा घाँटी थिची हत्या गरेको कास्कि प्रहरिले जनाएको छ।घटना पश्चात् घरबाट निस्के पछी दुबै जना कुमार गुरुङको कोठामा गई सुतेर भोलिपल्ट ४ गते बिहान ओम बहादुर नेपाली घरमा गई आफु नभएको बेला आमाको कसैले हत्या गरेको भनी प्रहरीलाई खबर गरेका थिए। दुबैजनालाई पक्राउ गरि फौजदारी अपराध अन्तर्गत कारबाही अघाडि बढाईएको कास्कि प्रहरिले जनाएको छ।

 

Comments are closed.