पहिचान सहितको संघीय संविधान निर्माणका लागि आन्दोलनरत आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल, तमुवान प्रादेशिक समितिले पोखरामा गरेकाे बृहत जनप्रर्दशन । पोखराको चिप्लेढुंगाबाट मौलिक भेषभुषा, झाकी, बाजागाजासहित शुरु भएको विशाल जुलुस महेन्द्रपुल, भिमसेन चोक, नयाबजार, लखनचोक, बुद्धचोक, अमरसिंह चोक हुदै अमरसिंह चौरमा पुगी सभामा परिणत भएको थियो । पहिचानसहितकाे सघीयता नै अहिलेकाे अवश्यकता रहेकाे भन्दै उनीहरुले त्यसाे नभए अान्दाेलन गर्ने चेतावनी दिएका छन् ।
Comments are closed.