पोखरा, २५ भदौ । बेकन प्रिमियर इन्टरनेशनल एजुकेशन सिद्धार्थचोक पोखराको आयोजनामा सोमबारदेखि तीन दिने निःशुल्क न्युजिल्याण्ड अध्ययन भर्ना जानकारी एवं भिसा परामर्श कार्यक्रम हुने भएको छ । न्युजिल्याडका तीन सरकारी कलेजका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम हुन लागेको प्रवन्ध निर्देशक रुद्रप्रसाद अर्यालले जानकारी दिए ।
न्युजिल्याण्ड अध्ययनमा जान चाहने विद्यार्थीको लागि त्यहाँको सरकारी कलेजहरु तोइओमाइ इन्स्टिच्युट अफ टेक्नोलोजीका स्पेशल प्रोजेक्ट मेनेजर परमदीप सिंह, बेस्टन इन्स्टिच्युट अफ टेक्नोलोजीका रिलेसनसिप मेनेजर क्यारेल एलेन र इन्टरनेशनल एडमिनिस्टे«टर ग्लिन्ज ब्रिजमेन अनी साउथन इन्स्टिच्युट अफ टेक्नोलोजीका मार्केटिङ अफिसर खानिन साकियाको प्रस्तुति रहने अर्यालले बताए । यी न्युजिल्याण्डकै सरकारी कलेजहरु हुन् ।
यी कलेजहरुले डिप्लोमादेखि मास्टर तहसम्मका विभिन्न विषयहरु बिजनेश इन्टरप्राइज, मेनेजमेन्ट, आइटी, हस्पिटालिटी, नर्सिङ लगायतका कोर्सहरु अध्ययन गराउँछ । ‘वैदेशिक उच्च शिक्षाको लागि बिगत लामो समयदेखि गुणस्तरीय सेवामा प्रतिवद्ध बेकनले समयको मागलाई ध्यानमा राखी आप्mनै अफिसमा सेमिनार आयोजना गरेका हौं,’ अर्यालले भने ।
Comments are closed.