फरार् अभियुक्त खोजीखोजी पक्राउ गर्दै कास्की प्रहरी

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्की, पोखरा ,

कास्की प्रहरीको सक्रीयता बढे सङ्गै फरार् अभियुक्तहरु पक्राउ पर्ने क्रम ह्वात्तै बढेको छ।बिगत् केहि दिनयता दिनहु जसो ज्यान मार्ने उधोग ,सार्बजनिक घटना तथा बैन्किङ् कसुर गरेर लापता रहेका तथा भागेका अभियुक्तहरुलाई कास्कि प्रहरीले खोजि खोजि पक्राउ गर्न सफल भएको छ। यसै क्रममा  बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र रु. ७,००,०००।– नगद जरिबाना फैसला भई हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.९ बस्ने वर्ष ३९ को रामकृष्ण कामीलाई मिति २०७८।१२।२२ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ ।साथैउनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्किले जनाएको छ।

Comments are closed.