बैंकिङ कसुर मुद्धाका फरार पक्राउ

उत्तम पौडेल,

पोखरा हटलाईन,

उच्च अदालत पाटनको मिति २०७६/१२/१० गतेको फैसलाले बैंकिङ कसुर मुद्धामा रु.५०,००,०००।– (पचास लाख) जरिवाना र ६ दिन कैद सजाय तोकी हालसम्म फरार रहेका जिल्ला कास्की रुपा गाउँपालिका वडा नं.५ देउराली बस्ने बर्षका ५८ बर्षका  केश बहादुर गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरी  कास्की जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता/ सुचना अधिकारी प्र.ना.उ. सुवास हमाल ले जानकारी दिए ।

Comments are closed.