बैङ्किङ क्षेत्र र होटल व्यवसायी विश्वमहामारिको चपेटामा ।

📝अभिषेक पौडेल

पोखरा

चिनको वुहान शहरबाट देखा परेको विश्वमहामारी कोभिड नाइन्टिन नामक कोरोना भाइरसको नाम नसुन्ने यो भाइरसप्रती खेद प्रकटगर्ने अनि उक्त भाइरस प्रती आलोचना गर्ने आलोचित विश्वमानव जगत नै बिरलै छन होला सायद।जसले मानवजगत माथि एउटा छुट्टैसन्त्रास फैलाएको अनि डर पैदा गराएको छ।मानव जगतले आविष्कार गरेका विशाल विशाल हातहतियार ,आणविक बम,अनिअनुसन्धान गरेका ओखतीले समेत उक्त भाइरसलाई केही गर्न नसकिरहेको अवस्था छ।विश्वमानव जगत नै लकडाउन अर्थातबन्दाबन्दिमा रहेको छ।प्रकृति पनि छक्क परिरहेको ,विज्ञान निराश भएको ,मानवजगत तड्पिरहेको अनि छट्पटीरहेको छ।

उक्त भाइरस बाट अहिलेसम्म करिब साढे तीन लाख मानिसले ज्यान गुमाइसकेका छन भने आधा करोड यस भाइरसको सङ्क्रमित भइठुला ठुला अस्पतालमा लम्पसार परिरहेका छन् लाखौं मानिस अस्पतालका आकस्मिक कक्षहरु आइसियु,तथा भेण्टिलेटरमा आफ्नोप्राणको रक्षा गर्न भगवान सङ्ग प्रार्थना कृपा गरि सुतिरहेका छन् ,कोहि उक्त भाइरसको लक्षण देखा परि क्वारेन्टाइनमा अतीतअवस्थामा बिलौना गरि दिन बिताइरहेका छन् विश्वमानव समुदाय नै अहिले एकान्तवासमा नजरबन्दको अवस्थामा रहेका छन् उनिहरुले ताप,प्रकाश अनि हावापानीको नै अनुभुति गर्न पाएका छन् कोहि हजारौं माइलको यात्रा गरि पसिनाको खोला बगाउदै परिवारसङ्ग भेट्ने आशमा अनि ज्यान जोगाउने आशमा ठुला ठुला राजमार्गहरु हिड्दै,ठुला ठुला नदिमा पौडी खेल्दै पिडामा छट्पटी दौडिरहेकाछन् ,कोहि मृतक आत्माको शान्तिको कामना निम्ति काजकिरिया गरिरहेका छन् ,कोहि एउटा चाउचाउ अनि एक घुड्की पानीमा तड्पितडपी बाचेका छन् उक्त भाइरसको रोकथामका निम्ति भन्दै विश्वसमुदायले नै लकडाउन अर्थात् बन्दाबन्दी किस्ताको स्वरुपमासारिरहेको अर्थात् एउटा निर्धारित मिति टुङ्गिदा बित्तिकै पुन अर्को केही समयका लागि लकडाउन घोषणा गरिरहेको अवस्था छ।जटिल बन्दै गएको परिस्थिति अनि उक्त भाइरस कहिले साम्य होला भनी बिश्वमानव जगतले नै अनेकानेक तर्क बितर्क गरिरहेका छन्कोरोनाले दिएको चुनौतीको सामना गर्न अथवा उक्त भाइरसलाई नष्ट पार्नका लागि अहिले ठुला ठुला विज्ञान संस्था अनिस्वास्थ्यकर्मीहरु औषधि वा खोप पत्ता लगाउन दिनरात दौडिरहेका छन् उक्त भाइरसले विश्वमानव जगत अनि विज्ञान माथी यति ठूलोबज्रपातपर्ला भनी कसैले सोच्न नै सकेका थिए कसैले भन्न अथवा भबिस्यबाणी गर्न।अहिले विश्वमानव समुदाय अनि विज्ञान उक्तभाइरससङ्ग घुडा टेकिरहेको ,पराजित भइरहेको छ।आफ्नो उग्रता रुपलाइ सक्रियताका साथ प्रस्तुति गर्दै विश्वमानव समुदायलाईएकान्तवासमा थुनाइ नजरबन्द गराएको छ।

     

विश्वमहामारी कोरोना भाइरसले यकिन गर्न अनि हिसाब गर्नै नसक्ने मानवीय ,आर्थिक ,शैक्षिक ,सामाजिक ,धार्मिक अनि राजनैतिकजस्ता समाज अथवा समुदायका सबै पक्षमा बराबर मात्रामा क्षति पुर्याएको छ।जसबाट आर्थिक क्षेत्र नराम्रो सङ्ग प्रभावित भएको छ।विश्व रेकर्ड @गिनिजबुकमा नाम राखेका अनि राम्रो अनि प्रगतिमुलक छवि बनाएका विश्व बैंकहरु पनि अहिले धरापमा परेका छन् बैङ्किङ क्षेत्रहरू आफ्नो आशलाग्दो अनि उपलब्धिमुलक मुनाफा बाट भएका छन।नेप्से सुचक पनि दिनप्रतिदिन ओराली लागेको मृग झैंओरालो लागिरहेको अथवा घट्दै गएको छ।उक्त भाइरसका कारण ग्राहक बर्गले उद्योग ,व्यापार ,व्यवसाय अनि फर्महरु सञ्चालन गर्ननपाउनुले बैंकहरुले समयमै सोचेजस्तो ब्याज तथा आर्थिक प्रगती  प्राप्त गर्न सकिरहेका छैनन् बैंकको प्रमुख भुमिकामा ग्राहक बर्गरहेको हुदा उनिहरु लकडाउन अर्थात् बन्दाबन्दीको चपेटामा परेको हुदा बैङ्किङ क्षेत्रहरु डुब्ने अवस्थामा रहेका छन् कतिपय प्राइभेटबैंकले कर्मचारीलाई तलब भत्ता खुवाउन नसक्ने समस्या भएपछि धमाधम कर्मचारी कटौती गरिरहेका छन् अथवा कर्मचारी घटाइरहेकाछन् अर्थतन्त्र धान्नै नसक्ने गरि देखा परेको विश्वमहामारीका कारण अहिले बैङ्किङ क्षेत्रहरू मुख्री गरि धरासयी अवस्थामा पुगेका छन्उद्योग ,कलकारखाना ,ब्यापार अनि फर्म सञ्चालन गर्न भनी किस्ताबन्दीमा ऋण लिएका बैङ्किङ ग्राहक वर्गहरु अहिले टाउकोमा हातराखेर एकान्तवासमा बिलौना गरि बसिरहेका छन्

       आर्थिक क्षेत्रको अर्को महत्त्वपूर्ण पाटोहरु  भनेका  करोडौं लगानीमा बनेका ठुला ठुला तारे होटल अनि रेष्टुरेन्ट रहेका छन् देशकोअर्थतन्त्रमा ठूलो सघाउ पुर्याएका होटल व्यवसायी अहिले चुर्लुम्म डुबेका छन् होटलमा काम गर्ने कामदारको पनि अहिले अवस्थाबिजोग रहेको ,दयनीय छ।निरन्तर रूपमा चल्दै आएका तारे होटल अनि रेष्टुरेन्ट एक्कासि अनिश्चित कालसम्मको लागि ठप्प हुदाब्यवसायी अनि कामदारहरु मर्कामा परेका छन् उनीहरुको दुख ,पीडा अनि ब्यथा कस्ले बुजिदिने अनि सुनिदिने?विश्वमहामारीकाकारण बिदेश बाट  घुम्न भनी  नेपाल भित्रीएका  लाखौं पर्यटक अहिले आफ्नै देश फिर्ता भइसकेका छन यसको असर सरासर होटलब्यवसायीमा परेको देख्न सकिन्छ आम्दानीको श्रोतमा देखिएका आन्तरिक अनि वाह्य पर्यटकको अहिले नाम निसाना नै नभएपछिउनिहरु छटपटाइरहेका छन,पीडित भएका छन्।लाखौं रुपियाँमा घर  भाडामा लिइ होटल ,रेस्टुरेन्ट सञ्चालन गरेका ब्यबसायी  एकरुपियाँको ब्यापार नहुदा भाडा कसरी तिर्छन् ?साहुहरुलाइ के भनी मन बुझाउछन?  यो समस्या कहिले सम्म खेप्नुपर्ने हो?अनि यसमहामारीको असर कहिले सम्म खेप्नुपर्ने हो?भन्ने जस्ता प्रश्नहरु सबालको जवाफ @प्रश्नको उत्तर सजिलै प्राप्त नहुने खालको अवस्थासिर्जना भएको छ।यसका लागि राज्यका समबन्धित निकायहरु सक्रिय भइ एक अर्कामा सहकार्य गरि अगाडि बढुन,उनिहरुको योपीडालाइ विर्साउन सरकार तदारुकता साथ अगाडि बढी राहत प्याकेजको  उचित ब्यवस्था गरोस् धन्यवाद !!

    सामाजिक दुरि कायम गरौं , मास्कको प्रयोग गरौ।

     अनावश्यक रूपमा घर बाहिर नजाऔ,लकडाउनको पुर्ण पालना गरौ।

  लेखक @जनप्रिय बहुमुखी क्याम्पसमा बिए दोश्रो वर्षमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थी हुन्

Comments are closed.