बौद्धिक अपांगता अभीभावक संघ कास्कीको ध्यानाकर्षण

 

उत्तम पौडेल,

पोखरा हटलाईन,पोखरा, १४ पौष ,

हसिलो मुहार, स्वस्थ्य जीउ डाल, आकर्षक पहीरन अनी साधारण मान्छे जस्तै हीडडुल गर्छन उनीहरु, तर भनेको कुरा छिट्टै विर्सने र दोहो¥याएर सीकाउनु पर्ने अनि साथमा एक जना सहयोगी नभई नहुने यस प्र कारको समस्या बौद्धिक अपांगता हो । साधारणतया हेर्दा खेरी उनीहरु अपांग जस्तो देखीदैनन् । तर उनीहरुको दैनिक जिवनयापन सामान्य मानिसको भन्दा फरक र अप्ठ्यारो हुने गर्दछ । राज्यले बर्गीकरण गरेका १० प्रकारका अपांगता मध्ये बौद्धिक अपांगता एक हो ।

आफूले जन्माएका सन्तान तथा आफ्ना परिवारका सदस्यमा यस प्रकारको समस्या भएका अभिभावक तथा संरक्षकहरुको संस्था बौद्धिक अपांग संघ कास्कीले मंगलबार पोखरामा पत्रकार भेटघाटको कार्यक्रम सम्पन्न ग¥यो । उक्त कार्यक्रमको उद्देश्य नेपाल सरकार देखी संयुक्त राष्ट्र संघसम्म बाट अपांगका लागि घोषणा गरिएका अधिकारहरु पनी राज्य पक्षबाट कार्यान्वयन नभएकोमा सम्बन्धीत निकायको ध्यान आकर्षण गराउनु रहेको संघका अध्यक्ष राम नारायण श्रेष्ठले बताए । साथै यस विषयमा राज्य खासै गम्भीर नदेखीएको गुनासो अध्यक्ष श्रेष्ठले राखे । कार्यक्रममा बौद्धिक अपांगहरुको सामाजिक सुरक्षाको ग्यारेण्टी हुनुपर्ने, रोजगारी सम्बन्धी तालिमको व्यवस्था हुनुपर्ने,व्यक्तिगत सहयोगीको व्यवस्था हुनुपर्ने साथै बौद्धिक अपांगहरुको बाँच्न पाउने अधिकार सुनिश्चीत गरिनु पर्नेमा संघका पदाधीकारीहरुले जोड दिएका थिए ।

संघका उपाध्यक्ष प्रमीला श्रेष्ठ जोशीले आफ्नो सन्तान अथवा परिवारको सदस्यको स्वभाविक रुपमा माया लाग्ने तर एउटा मान्छेको रेखदेखमा सम्पूर्ण समय खर्च हुँदा परीवारका अन्य सदस्यहरुको रोजी रोटीमा समेत असर पर्न जानेसम्मको समस्या देखिन थालेको बताईन । कार्यक्रमा बौद्धिक अपांगता अभिभावक संघ कास्कीका सचिव कपील प्रसाद अधिकारीले बौद्धिक अपांगहरुको सहज जीवन यापनको लागि उनीहरुले गर्न सक्ने सजिला कामहरु जस्तै बेकरी, डिपार्टमेन्टल स्टोर्समा सामान मीलाउने जस्ता कामहरुमा लगाएर रोजगारी सृजना गर्न सके राम्रो हुने बताए ।

Comments are closed.