पोखरा, ४ वैशाख ।
बाटुलेचौर कालीलेक बचत तथा ऋण सहकारी संस्था बाटुलेचौरको आयोजनामा शुक्रबारदेखि पोखरा र·शालास्थित ब्याडमिन्टन कभर्ड हलमा अन्तरसदस्य डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
संस्थाका अध्यक्ष अर्जुन थापा र उपाध्यक्ष तेजबहादुर गुरुङले संयुक्त रूपमा उद्घाटन गरेको प्रतियोगितामा १५ टीमको सहभागिता रहेको छ । संस्थाका उपाध्यक्ष तेजबहादुर गुरुङले रेफ्री विशाल खड्कालाई शटलकर्क हस्तान्तरण गरेको प्रतियोगिता अन्तर्गत शुक्रबार १३ खेल भए ।
जसअन्तर्गत टंक पौडेल र पुष्प तिमिल्सिनाको जोडी तथा महेन्द्र गुरुङ र पूर्ण रानाको जोडी फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा पराजित रबि थापा र महेन्द्र खवास तथा लक्ष्मण र ऋषि ढकालको जोडी तृतीय भएको छ ।
फाइनल खेल शनिबार बिहान सात बजे बाटुलेचौरमै खेलाइने प्रतियोगिता संयोजक निरबहादुर थापाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद चार हजार, द्वितीय हुनेलाई नगद तीन हजार तथा तृतीय हुनेलाई जनही दुईहजार र मेडल प्रदान गरिनेछ ।
Comments are closed.