‘ब्याण्ड च्याम्पियन नेपाल’को टप टेन राउण्डबाट होस्टको रुपमा संजोग बस्याल

 

पोखरा, १९ चैत,

 

 

ब्याण्ड च्याम्पियन नेपालको ‘होस्ट’को रुपमा संचारकर्मी संजोग बस्यालको ‘इन्ट्रि भएको छ । च्याम्पियनको टप टेन राउण्डबाट बस्याल होस्टको रुपमा इन्ट्रि गरेका हुन् ।यसअगाडि होस्टको रुपमा मेघा श्रेष्ठले यो शो लाई सम्हालिरहेकी थिईन् । नेपाल आइडलबाट चर्चा कमाएकी श्रेष्ठसँगै ब्याण्ड च्याम्पियन नेपालका आगामी शोहरुमा बस्याल देखिनेछन् । बस्यालको इन्ट्रिसँगै ब्याण्ड च्याम्पियन नेपालको हाइप अझै बढ्ने र शो भव्य हुने विश्वास आयोजकको छ । यो शो लाई मि टिभीको प्रस्तुतीमा ‘द लास्ट फ्राइडे इभेन्ट्स’ले निर्माण गरेको हो । शो को निर्देशक मोहनराज अधिकारी हुन् ।‘ब्याण्ड च्याम्पियन नेपालको पहिलो सिजनलाई धमाकेदार बनाउनका लागि उत्कृष्ट १० देखि हामीले अर्का सुप्रिय होस्टलाई भित्राएका छौँ ।’ शोका निर्देशक अधिकारीले भने–‘होस्टको रुपमा संजोग बस्यालको इन्ट्रिले हामीलाई अझै बढि जोश थपेको छ ।’ अधिकारीले ब्याण्ड च्याम्पियन नेपालको पहिलो सिजनलाई उत्कृष्ट बनाउन आफूहरुले कुनै कसर बाँकी नराखेको बताए ।

संजोग बस्याल रियालिटी शो को होस्टको रुपमा चल्तीको नाम हो । उनले यस अगाडि नेपाल टेलिभिजनबाट प्रशारित गायन रियालिटी शो ‘नेपाल स्टार’को होस्टको रुपमा काम गरिसकेका छन् । पोखराको बिग एफएमले आयोजना गर्ने चर्चित गायन रियालिटी शो ‘बिग आइकन’को होस्टको रुपमा पनि उनले लामो समय काम गरेको अनुभव छ । बिग आइनको सातौँ सँस्करणसम्म उनै बस्यालले होस्टको रुपमा काम गरेका थिए । हाल उनी रेडियो कान्तिपुरमा पनि कार्यक्रम संचालकको रुपमा कार्यरत छन् ।‘ब्याण्ड च्याम्पियन नेपालसँग जोडिएर काम गर्दा मलाई गज्जबको अनुभूती भएको छ । भव्य रुपमा संचालनमा आईरहेको कार्यक्रममा आफूलाई होस्टको रुपमा पाउँदा मलाई अझै निखारिने मौकासँगै चुनौती पनि थपिएको छ ।’ बस्यालले भने–‘शो लाई जतिसक्दो राम्रो बनाउन मेरो सकेसम्मको उर्जा लगाउने छु ।’रियालिटी शो ‘ब्याण्ड च्याम्पियन नेपाल’मा नेपालका थुप्रै ब्याण्डहरु प्रतियोगीको रुपमा सहभागी छन् । यो शो को निर्णायकको रुपमा चर्चित गायक रबिन तामाङसहित ज्योति घिमिरे र देव राणा रहेका छन् । रियालिटी शो ‘ब्याण्ड च्याम्पियन नेपाल’ हरेक हप्ताको शुक्रबार र शनिबार एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको छ ।

Comments are closed.