ब्यास नगरपालिकाको ३६ औं नगर सभा सम्पन्न, ४ वटा विधेयक पारित

ब्यास नगरपालिकाको ३६ औ नगर सभाले ४ वटा विधेयक पारित गरेको छ। नगरसभाबाट कर्मचारी कल्याणकारी कोष सम्वबन्धी विधेयक ,सुशासन सम्वन्धी विधेयक , स्थानीय बजार व्यवस्थापन विधेयक र खेलकुद विधेयक पारित गरेको हो ।नगर सभाले २५ वटा ऐन, ४० वटा वतन नियमावली ,५१ वटा कार्यविधि नौ वटा निर्देशिका र ४ वटा विविध कानुन सम्वन्धी निणर्य पारित गरेको व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए।
नगरपालिकाका १४ वटा बडाबाट आन्तरिक आय २ करोड ८५ लाख३७ हजार आम्दानी भएको जनाएको छ।


चालू खर्च तर्फ३४ करोड ४० लाख भएको र पुजीगत खर्च तर्फ१३ करोड ३६ लाख२१ हजार भएको छ भने कर्मचारी ,शिक्षक,तलब भत्ता र जनप्रतिनिधि सुविधा खर्च २१ करोड ३९ लाख५० हजार भएको थियोे ।
कार्यालयले भाडामा दिएका पुराना भवन हटाई नयाँ बहुउद्देश्यीय अण्डरग्राउण्ड पार्किङ समेत रहेने ५ तले भवन निर्माण प्रकृया अधि बडाएको छ। संघिय सरकार र प्रदेश सरकार ,संघ संस्थाबाट यश वर्ष ब्यास नगरपालिका भित्र कोभिडका लागि पि,सि,आर परीक्षण प्रयोगशाला निर्माण , २५ बेडको अस्पतालको ब्यवस्था ब्यास-१० दुम्सीमा निर्माण प्रकृिया अगाडि बडाईएको छ। नगरपालिका भित्र आदारभुत स्वास्थ चौकी ,६ वटा,शहरी स्वास्थ्य केन्द्र -५ वटा,सामुदायिक स्वास्थ्य इकाई -२ वटा,स्वास्थ्य सेवा कार्यालय -२ वटा र आयुर्वेद स्वास्थ्य कार्यालय -३ वटा संचालनमा आएका छन्। ब्यास नगरपालिका भित्र यश बर्ष कुल१७२८कोरोना संक्रमित मध्ये ४० जनाले ज्यान गुमाएका छन।विश्व बैकको लगानीमा५ बर्षै योजना अन्तरगत ७५ करोड संझौतामा वडा नम्बर ५ र ६ मा रहेको माहेन्द्री मार्ग,वडा नम्बर ७,९,११ मा रहेको घाँसीकुवा माँझफाट,कलेस्ती मार्गको पराशर मार्ग र वडा नम्बर १२,१३ र १४ को केशवटार,कुलुङ र छिर्कने मार्गको बाटो विस्तार र कालोपत्रे गरिने भएको छ।

Comments are closed.