पोखरा, १३ भदौ । लेखनाथ १० बेगनासमा रहेको आनन्द ज्योती उच्च माबीलाई ६ थान कम्प्युटर सहयोग प्राप्त भएको छ । पुर्व बिद्यार्थी समेत रहेका समाजसेबी पदमराज पौडेलको सहयोगमा बिद्यालयलाई ६ थान कम्प्युटर प्राप्त भएको हो ।सोमबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी समाजसेबी पौडेलले बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिष्णुबहादुर बुढाथोकी र प्रधानध्यापक शुक्रराज अधिकारीलाई सहयोग स्वरुप ६ थान कम्प्युटर हस्तान्तरण गरेका थिए । पौडेलले यस अगाडी पनि बिध्यालयलाई आर्थिक र भौतिक सहयोग गर्दै आएको प्रध्यानध्यापक अधिकारीले जानकारी दिए । कार्यक्रममा बिद्यालयलाई सहयोग गरेको भन्दै पौडेललाई प्रशसापत्र सहित सम्मान गरिएको थियो ।सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेबी पौडेलले आफु यस बिद्यालयको पुर्व बिद्यार्थी भएकोले आगमी दिनमा पनि बिद्यालयलाई सहयोग गरिरहने बताए । बिद्यालयमा बढ्न थालेको राजनिती प्रती सङ्केत गर्दै उनले शिक्षा क्षेत्र राजनिती मुक्त हुनुपर्नेमा जोड दिए । आफुले पढेको बिद्यालयको सधै प्रगती भएको देख्ने चाहाना भएकोले पनि बिद्यार्थीले कम्प्युटर सम्वन्धी ज्ञान लिन सकुन भनेर सहयोग गरेको उनले बताए ।कार्यक्रममा बिद्यालय व्यस्थापन समितीका अध्यक्ष बिष्णु बहादुर बुढाथोकीले पौडेलले गरेको सहयोक उदारणिय रहेको बताउदै सबैको सहयोगले बिद्यालयको पठनपाठनमा टेवा पुगेको बताए । बिद्यालय व्यस्थापन समितीका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठक , प्रधानध्यापक शुक्रराज अधिकारी , शिक्षक तारानाथ लामिछाने लगायतले बोलेका थिए ।
Comments are closed.