चैत १ गते / ब्लड क्यान्सर रोगबाट पीडित सुमन रेग्मीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले गल्कोट समाज अष्ट्रेलियाले सहयोग रकम हस्तान्तरण गरेको छ । बाग्लुङको गल्कोट घर भई हाल अष्ट्रेलियाका विभिन्न ठाउँमा बस्दै आएका नेपालीहरुले समाजमार्फत् रेग्मीको उपचारका लागि सहयोग संकलन गरी हस्तान्तरण गरेका हुन् । समाजका अध्यक्ष कृष्ण विकको नेतृत्वमा संकलन भएको ७ सय २ अष्ट्रेलियन डलर आइतबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा समाजका सचिव लक्ष्मण कुँवर, सदस्यहरु जंग कुँवर, अर्जुन परियार लगायतको उपस्थिती रहेको थियो । गल्कोट समाज अष्ट्रेलिया गत महिनामात्रै स्थापना भएको हो । समाजले स्थापनाको एक महिना नपुग्दै सामाजिक कार्यहरु गर्न सुरु गरिसकेको छ ।
Comments are closed.