पोखरा २० भदौ
गजल सन्ध्या, पोखराले माति जयन्ती विशेष गजल वाचनमा देशका विभिन्न ठाउँका दश गजलकारलाई उभ्याउने भएको छ । भदौ महिनाभरी नै मोति विशेष रुपमा मनाएको सन्ध्याले यही २६ गते १० गजलकारलाई विशेष गजल वाचनमा उभ्याउने भएको हो । १० गजलकारको साथमा पोखराका केही चर्चित गायकहरुले गजल गाउने सन्ध्याले जनाएको छ ।
कार्यक्रमका लागि विभिन्न समिति पनि गठन भई तयारी तिब्र पारिएको सन्ध्याका अध्यक्ष बिर्सना बस्नेतले जानकारी दिईन् । उपाध्यक्ष अमृत सुवेदी कार्यक्रम संयोजक रहेका छन् भने सल्लाहकार मन क्षेत्रीको संयोजकत्व स्रष्टा छनोट उपसमिति गठन भएको छ । यसैगरी कार्यक्रम सफल पार्नका लागि सल्लाहकार दीपक समिपको संयोजकत्वमा अथिति सत्कार उपसमिति, इश्वरमणी अधिकारीको संयोजकत्वमा आर्थिक उपसमिति, रुपीन्द्र प्रभावी ‘कटु’को संयोजकत्वमा प्रचारप्रसार उपसमिति र उदिपराज ढुङ्गानाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन भई तयारी थालिएको छ ।
स्रष्टा छनौट उपसमितिले १० गजलकारको नाम छनौट गरिसकेको छ । गजल वाचनका लागि स्याङ्जाका गजलकार जीवनपानी, बाग्लुङका राम अविरल, अछामका तपेन्द्र घोडासैनी, गोरखाकी सुमि प्रकृति, चितवनका मुक्त उदास, ललितपुरका समिर हुमागाई, कास्कीका बिशाल थापा, कृष्ण अधिकारी ‘त्रुपक’, कृष्ण देवकोटा र पवित्रा भण्डारी ‘पारु’ नाम छनौट गरिएको संयोजक क्षेत्रीले जानकारी दिए ।
गएका विशेष गजल वाचनमा गजल नभनेका गजलकार र नयाँ पुस्ता तथा पुराना पुस्तालाई एकै ठाउँमा ल्याउने गरी नाम छनौट गरिएको क्षेत्रीले बताए । मोति जयन्तीको अवशरमा हुन लागेको विशेष कार्यक्रमको पोखरेली गजलमा सुरुवाती दिनमा कलम चलाउने गजलकार तथा कवि तीर्थ श्रेष्ठले गजल वाचन गरी कार्यक्रमको उद्घाटन हुनेछ भने श्रेष्ठले नै गजल वाचन गरी कार्यक्रमको समापन हुने सन्ध्याले जनाएको छ ।
Comments are closed.