भदौरेमा जैविक विविधता सूचना तथा कृषि उपज संकलन केन्द्र

सूचना केन्द्रमा, पञ्चासे जलाधार क्षेत्रमा पाईने १४३ जातका सुनाखरी, ७६ स्थानीय कृषिका रैथाने जातहरु

अन्नपूर्ण गाउँपालिका वडा नं ४ को भदौरे देउरालीमा स्थापित पञ्चासे जैविक विविधता सूचना तथा कृषि उपज संकलन केन्द्र, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबि निवारण मन्त्रालयका मन्त्री माननीय चन्द्र बहादुर बुढाबाट २०७८ फागुन २७ गते उद्घाटन गरियो । उक्त सूचना केन्द्रको निर्माण कृषि विकास निर्देशनालय, गण्डकी प्रदेश, पञ्चधाम कृषि विकास सहकारी, जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड), माछापुच्छ्रे विकास संघ तथा अन्नपुर्ण गाउँपालिकाको संयुक्त पहलमा गरिएको हो । यस सूचना तथा संकलन केन्द्रको प्रमुख उद्देश्य धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं जैविक विविधतकाको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण प्राकृतिक स्रोत केन्द्रका रुपमा रहेको पञ्चासे क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य
पर्यटकहरुलाई यहाँको समग्र जानकारी सहज रुपमा उपलव्ध गराउनुरहेको छ । यस केन्द्र मार्फत प्राकृतिक पाठशाला तथा पञ्चासे क्षेत्रमा पदयात्रा गर्न आउने पर्यटनहरुको भ्रमण गन्तव्यका रुपमा विकास गर्दै भदौरे, देउराली तथा तालिब्र«ाबमा सञ्चालन गरिएका घरबास कार्यक्रमको प्रवद्र्धन गरी स्थानीय बासिन्दाहरुको जीविकोपार्जन सुधारमा समेत टेवा पुग्ने आशा गरिएको छ । सूचना केन्द्रमा, पञ्चासे जलाधार क्षेत्रमा पाईने १४३ जातका सुनाखरी, ७६ स्थानीय
कृषिका रैथाने जातहरु, कृषि कार्यमा प्रयोग गरिने विभिन्न प्रविधिहरुको विषयमा जानकारी राखिएको छ ।                                                                                                 साथै, भदौरे देउराली देखि पञ्चासे टाकुरासम्मको पदमार्गमा अवलोकन गर्न सकिने ४३ प्रजातिका सुनाखरीहरुबारे जानकारी प्रदान गर्ने ट्यागहरु समेत राखिएको छ । समुदायको सांस्कृतिक परिचय झल्कीने विभिन्न सामाग्रीहरु समेत संकलन केन्द्रमा रहका छन् । पर्यटकहरुलाई जानकारी प्रदान गर्ने हेतुले त्यस क्षेत्रको जैविक विविधता, सांस्कृतिक पक्ष, धार्मिक पक्ष समावेश भएको वृत्तचित्र समेत सूचना तथा संकलन केन्द्रमा उपलव्ध हुनेछ ।
मन्त्री माननीय चन्द्र बहादुर बुढा मार्फत उद्घाटन गरिएको यस समारोहमा करिब १५० जनाकोउत्साहजनक उपस्थिति
रहेको थियो । सूचना केन्द्र स्थापनाको उद्देश्य ली–बर्डका बरिष्ठ कार्यक्रम अधिकृत तेजश्वी सिवाकोटीले प्रकास पार्नु भएको थियो भने ली–बर्डका कार्यकारी निर्देशक डा. बलराम थापाले जैविक विविधताको संरक्षणको अलावा यसको उपयोगका लागि प्रदेशले अनुसन्धानमा लगानी गर्न आवश्यक भएको जिकीर गर्नुभयो । कार्यक्रममा माछापुच्छ्रे विकास संघका अध्यक्ष, राम काजी गुरुब, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुब, कृषि विकास निर्देशनालयका निर्देशक बासुदेव रेग्मी, गण्डकी विश्वविद्यालयका उपकुलपती प्रा डा. नवराज देवकोटा, भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव डा. हरि बहादुर के.सी, वन, वातावरण तथा भू संरक्षण मन्त्रालयका सचिव बद्री प्रसाद ढुगानालेमन्तव्य राख्नु भएको थियो । अतिथिहरुलेसूचना केन्द्रको स्थापनाले यस क्षेत्रको पर्यटन पवद्र्धनमा थप सहयोग पु¥्याउने सम्भावना देखाँउदै यसको निरन्तरताको लागि स्थानीय समुदाय तथा पञ्चधाम सहकारीलाईशुभकामना दिँदै सहकार्यमा अगाडी बढ्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि तथा मन्त्री माननीय चन्द्र बहादुर बुढाले समुदायका युवाहरुलाई गाउँमा रहने वातावरण
मिलाउँदै खाली जमिनलाई पुन हराभरा बनाउनलाई स्थानीय सरकार, प्रदेश तथा संघ सरकारले संयुक्त पहल गर्न बताउनुभयो । यस्ता महत्वपूर्ण जैविक विविधताको सूचनाकोव्यवस्थापनले कृषि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने हुँदा प्रदेश सरकारले संभव भएसम्म सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा पञ्चधाम कृषि विकास सहकारीका अध्यक्ष खिम कुमरी गुरुबले सभापतित्व गर्नु भएकोथियो र कार्यक्रमकोसञ्चालन सहकारी सदस्य नवराज पौडेलले गर्नु भएको थियो ।

Comments are closed.