भनसुन बिना जनताका काम सहज ढंगले गरिनेछ : धनराज आचार्य

बैसाख २२, पोखरा

गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले भनसुन बिना जनताका काम सहज ढंगले गरिने बताए । पोखरा ११ को चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले अहिले भएकै साधनस्रोतलाई व्यवस्थापन गरी विकास गर्न सकिने बताएका हुन् ।

पोखरा ११ मा भएका स्वास्थ्य क्षेत्रमा देखिएको अनियमिततालाई सुधार गर्ने गरी गठबन्धन सरकार बन्ने उनले बताए । ‘पोखराको स्वास्थ्य क्षेत्रमा मात्रै एक हजार भन्दा बढी कर्मचारी हुनुहुन्छ । उनीहरुको सही व्यवस्थापन गर्नुपर्ने आवश्यकता आजको हो । राइट प्लेस, राइट पर्सनका आधारमा स्वास्थ्य सेवामा खटाउने गरी हामी लाग्नेछौं ।’, उनले भने ।

दक्षताका आधारमा पोखरा महानगरमा कर्मचारीलाई व्यवस्थापन गर्ने प्रतिबद्धता उनको छ । १० देखि ५ बजेसम्म काम गर्ने तर जिम्मेबारी पुरा नगर्ने हो भने त्यस्तो कर्मचारीलाई बिधाई समेत गर्ने भनाई उनको थियो ।

अन्तराष्ट्रिय नियमानुसार एउटा अफिसमा हुने न्युनतम कुरा पुरा गर्ने गरी लाग्ने प्रण उनको छ । भनसुन गरेर मात्र काम हुने सिष्टमलाई हामी बदल्नेछौं ।

Comments are closed.