विश्व रणधीर पौडेल
भाई मलाई लाग्छ तिमी मेरै वरिपरी छौ । कतिबेला लाग्छ दाई भनेर बोलाउँदै आउँछौ र हामीबीच हुनेछ आफ्नै जिन्दगीका तितामिठाहरु कुराहरु । रमाउँछौ जिन्दगीका सानासाना कुराहरुले पनि । सानी छोरी मेरै काखमा रमाउँछे । तर, मलाई विश्वास गर्नै गाह्रो भैरहेको छ भाई अब यि सब कुराहरु मेरा कल्पना मात्र हुन् । मलाई विश्वास गर्न यो पनि गाह्रो भैरहेको तिमी अब हामीसँग कहिल्यै नभेट्ने गरी गएको आज १३ औं दिन कटिसकेको छ । मलाई तिम्रो अभावको महशुस भैरहेको छ र सँधै भैरहनेछ । मेरो वरिपरी घुमिरहेका छौं तिमी बुहारी र सानी छोरी । जीवनभर घुमिरहनेछौ ।
कति खसि हुन्थ्यौ मामा घर आउन तिमी अनि उत्तिकै उत्साहीत हुन्थें म । मामाघरको रमाइलोसँगै कहिलेकाँही दिन विताउन गाह्रो हुन्थ्यो ननि लाग्थ्यो कतिबेला साँझ पर्ला । कहिले काँही कतिबेला साँझ पर्ला र तिमी आउँछौं भनेर म कुरी रहन्थे । अनि हाम्रो खुशीयाली र बदमासी सुरु हुन्थ्यो तिम्रो मामा घर बसाँई भर । कति रमाइलो गथ्यौं लुकीलुकी सिनेमा हेर्न जान्थ्यौं, अम्बा चोथ्यौं पाडी खेल्न जान्थ्यौ । साँच्चै भाई मलाईे गाह्रो भैरहेको छ ति दिनहरु सम्झन र लेख्न तिम्रै सम्झनामा दुईचार अक्षर ।
आज पनि याद छ हामी सात बर्षको हुँदा एकदिन हजुरबुवा सुत्नुभएको मौका पारेर हामीले सखरखण्ड चोयौं अनि ठूला दाईहरु खोसिदेलान भनेर हामी बेतोडले भाग्यौं । कतै कसैले नदेख्ने ठाउँमा गएर काटेर खाउँला भनेर घरको तगारो खोल्दा आएको आवाजले हजुरबुवा उठ्न सक्ने डरले हामीले पर्खालबाट फाल हाल्ने निर्णय गर्यौं । दुभाग्यबस पर्खालबाट फाल हाल्दा तिमी हुत्तिएर लड्न पुग्यौ । तिम्रो टाउको जमिनमा धसिन पुग्यो । म कुदेर तिमीलाई उठाउँदा देखें तिम्रो निधारबाट रगतका फोहोरा ।
कतिबेला साँझ पर्ला र तिमी आउँछौं भनेर म कुरी रहन्थे । अनि हाम्रो खुशीयाली र बदमासी सुरु हुन्थ्यो तिम्रो मामा घर बसाँई भर ।
अनि तिमी रोउला र हजुरबुवाले थाहा पाउनुहोला भनेर मैले हत्तपत्त तिम्रो निधारमा माटो दलिदिँए अनि रगत बन्द भयो । मलाई याद छैन भाई हामीले त्यो सखरखण्ड खान पायौं की पाएनौं । तर, जब तिम्रो निधारको घाउ दिदी भिनाजुले थाहा पाउनु भयो र तिमीलाई अस्पताल नै लैजानुपर्ने भयो । त्यस्ता घटना त धेरै छन् । प्रत्येक चोटी तिम्रो फोटो हेर्दा याद आउँछ भाई अन्तिम चोटी तिमीसँग कुरा गर्दा दाई तपाँईहरु कहिले आउने ? अनुहार देख्न पनि गाह्रो भन्थ्यौ । अब कहिलै पनि देख्न नपाउने गरी छोडेर गयौ भाई । ईश्वरले तिम्रो आत्मालाई चिर शान्ति प्रदान गरुन् । हार्दिक श्रद्धाजंली यो दुःखी दाईबाट ।
-हाल अमेरिका
Comments are closed.