पोखरा हटलाईन
भदौ,१५,
पोखराको बिभिन्न स्थानमा लागूऔषध बिक्रीबितरण, ओसारपसार हुने गरेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र भरतपोखरी प्रहरीचौकी बाट खटिएको बिशेष टोलीलेआइतबार राति १० :३० बजेको समयमा सवारी साधन चेकजाँच गर्ने क्रममा ग ९ प ६०२८ नं.को पल्सर मोटरसाइकल मा सवार तनहुँ शुक्लागण्डी १२ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ बिरौटा बस्ने वर्ष २३ को संजोक बि.क.र कास्की जिल्ला पोखरा म.न.पा.१७ बिरौटा का २० बर्षिय शिलास बि.क.गाँजा सहित पक्राउ परेका छन । उनिहरुले बोकेको झोलाबाट लागूऔषध गाँजा ६ के.जी. १०० ग्राम र लागूऔषध तौल गर्ने मेसिन बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सुचना अधिकारी प्र.ना.उ. सुवास हमालले जानकारी दिए ।दुबै जना लाई नियन्त्रणमा लिइ लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत थप अनुसन्धान भईहेको प्र.ना.उ. सुवास हमालले जानकारी दिए ।
Comments are closed.