पोखरा, २२ फागुन
कास्कीमा फेरी अर्को बलात्कारको घटना सार्वजनिक भएको छ । एकपछि अर्को गर्दै कास्कीमा बलात्कारका घटना बढिरहेका छन् । शिक्षकबाट १४ वर्षकी बालिका वलात्कृत भएको घटना सेलाउन नपाउँदै फेरी चार बर्षि अबोध बालिका बलात्कारको शिकार बनेकी हुन् । चार बर्षिय बालिका बलात्कार गरेको आरोपमा भरतपोखरीका ५४ वर्षिय जित बहादुर पाठक बिहीबार पक्राउ परेपछि घटना सार्वजनिक भएको हो । पाठकले सेती किनार एकान्त ठाउँमा लगेर बलात्कार गरेको कास्की प्रहरी प्रभक्ता केदार रजौरेले जानकारी दिए ।
मिठाई किन्नका लागि दोकानमा पुगेकी छोरी रगतले पोतिएर घर फर्केपछि आमाले कल्पना पनि नगरेको घटना सुन्नुपरेको थियो । प्रहरीका अनुसार दोकानवालाबाट छोरी बलात्कृत भएको कुरा गरेपछि गाउँलले गगनगौंडा माइती पठाइदिएका थिए । स्थानीय अस्पतालमा उपचारका लागि लैजाँदा पनि रगत बन्न नरोकिएपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पश्चिमाञ्चल अस्तालमा बालिकाको शल्यक्रिया गरी उचार भैरहेको छ । बालिकालाई अस्पताल ल्याएपछि पीडित पक्षको जाहेरीको आधारमा पाठक प्रहरीको फन्दामा परेका छन् । पाठकलाई जवरजस्ती करणीको अभियोगमा म्याद थप गरी कारवाही अगाडी बढाइएको छ ।
Comments are closed.