पोखरा, २ वैशाख ,
नयाँ वर्ष २०८० को अवसरमा नेकपा माओवादी केन्द्र पोखरा महानगर वडा समिति वडा नं २० ले शुभकामना आदानप्रदान एवं जनतासँग पार्टी अभियान संचालन गरेको छ ।
पार्टीको केन्द्रीय नीति अनुरुप सांगठनिक शुद्दिकरण र सुदृढीकरणका लागी अभियान संचालन गरिएको माओवादीले जनाएको छ । पार्टी भित्र योग्यता र क्षमताका आधारमा भन्दा नातागोता र आफन्तका आधारमा अवसर दिंदा माओवादी केन्द्र कमजोर वन्दै गएकाले यस्लाई तत्काल सच्याएर अगाडी वढ्न कार्यकर्ताले नेतृत्वलाई सुझाव दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभामा माओवादी केन्द्रका सचेतक शुशिला सिंखडाले ठोस र मुर्त योजनाका साथ अगाडी वढ्न सके माओवादी केन्द्रलाई २०६४ कै अवस्थामा ठूलो पार्टी वनाउन सकिने वताउनु भयो । ‘राजनीतिमा विचार, संगठन र योजना नै मुख्य हो । माओवादीकै एजेण्डा र माओवादीकै नेतृत्व भएकाले उत्साहका साथ संगठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
माओवादीका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य तेजकुमारी पौडेलले नेतृत्वप्रतिको वुझाईलाई आन्तरिक छलफल मार्फत स्पष्ट पार्दै विकास र समृद्धिलाई अगाडी वढाउनुपर्नेमा जोड दिनुभयो ।
माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य कल्पना पाण्डेले आगामी दिनमाा राजनीतिलाई विकाससँग जोडेर लैजान सके माओवादी केन्द्र सवैभन्दा वलयिो पार्टी वन्ने वताउनुभयो । प्रदेश सदस्य जुविदा खातुनले पार्टी कममजोर वन्दा अन्य पार्टीसंगठनहरुले समेत आफ्ना कार्यकर्तामाथी हेर्ने दृष्टीकोणमा समेत फरक पन आएको भन्दै पार्टी प्रती मैले के गरे भन्दै सवै तहका नेता कार्यकर्ताले एक पटक आत्मालोचना गर्नुपर्ने वेला आएको वताउनुभयो ।
वुद्धिजिवि रामप्रसाद पौडेलले पार्टीका नीीत र योजनालाई ठोसर मुर्त रुपमा लागु गर्न कार्यकर्ता लाग्नुपर्ने वताउनुभयो ।
माओवादी केन्द्र पोखरा महानगर कमिटिका सचिव जनक पराजुलीले कमिटिलाई जिम्मेवार र नेतृत्वलाई विश्वास गरेर अगाडी वढ्नुपर्ने सुझाव दिनुभयो । पार्टीका नेता एवं वरिष्ठ अधिवक्ता गोविन्द पौडेलले कार्यकर्ताको मर्म र भावना अनुसार पार्टी नेतृत्व चल्नुपर्ने भन्दै पार्टीको योजनासँग पार्टी सदस्इ जोडिनुपर्नेमा जोड दिनुभयो ।
वडा कमिटिका अध्यक्ष एवं कार्यक्रमका सभापति लक्षमण खत्रीले पार्टी कमजोर हुनाका कारण र समााधानका उपायवारे खोजि गर्न नेतृत्वलाई आग्रह गर्नुभयो ।
Comments are closed.