पोखरा, १७ असार
महिला भलिबल खेलाडी परीक्षा
गुरु·लाई विदाई गरिएको छ । उनले
अध्ययन गरेको विद्यालय ज्ञानुबाबा
आवासीय उच्च मा.वि., मिरुवा २
पोखराले एक कार्यक्रमको आयोजना
गरी विदाई गरेको हो । लामो समय
देखी विद्यालयसँग आवद्ध भई महिला
भलिबलको क्षेत्रमा उल्लेख्य योगदान
पु¥याउन सफल परीक्षा गुरु· विवाह
पश्चात यु.के. बसाईको लागि जाँदै
छिन् ।
यसको पुर्व सन्ध्यामा विद्यालयकी
भूतपूर्व छात्रा तथा खेलाडी परीक्षा
गुरु·लाई विद्यालयमा सम्मान सहित
मायाको चिनो दिई विदाई गरिएको
हो । सो विदाई कार्यक्रममा बोल्दै
विद्यालयकी संस्थापिका शुभकन्या
गुरु·ले विद्यालयले मात्रै नभई राष्ट्रले
नै परीक्षा गुरु·लाई सम्झीरहने र
परीक्षा गुरु· जस्तै खेलाडी उत्पादन
गर्न नसक्ने बताइन् ।
खेलाडीहरुको नेपालमा भविष्य
नभएको भन्दै परीक्षा गुरु· परदेश
वसाई बस्न लागेकी हुन् ।
विद्यालय व्यवस्थापन समिति
सदस्य गिता देवि गुरु·को अध्यक्षतामा
सम्पन्न कार्यक्रम संस्थापक कृष्ण
वहादुर गुरु·, प्राचार्य दिनेश अर्याल,
विद्यालय संयोजक बाबुराम सुवेदी
लगायतले बोलेका थिए ।
Comments are closed.