मापदण्ड लागु गर्न सक्ला त नगरपालिका ?

अमृत सुवेदी/ पोखरा ७, जेठ ।
पोखरा उपमहानगरपालिकाले भवन मापदण्ड आचार संहिता लागु गरेको दुई बर्ष बढी भैसक्यो । तर, नगरपालिका आचारसंहिता कार्यान्वयन गर्ने काममा भने निकम्मा देखियो । यही समयमा मापदण्ड विपरितका भवनहरु झन् तिब्र गतिमा निर्माण भए । पोखरा उपत्यका नगर विकास समितिका पूर्व तथा वर्तमान अध्यक्षदेखि अन्य प्रतिष्ठित मानिने व्यक्तिहरुले पनि नियम मिचेपछि अरुलाई थप हौसला मिल्यो । नियमको पालना गराउने ओहोदामा रहेका व्यक्ति नै मापदण्ड मान्दैनन् र कारवाही गर्न सम्वन्धित निकाय निरिह बन्छ भने चोरलाई चौतारो जस्तो भैहाल्यो ।


पोखरामा अग्ला घर बनाउन नगरपालिकाले कसरी स्वीकृति दिन्छ ? कसरी ७÷८ तले घरमा पानी, विजुली लगायतका सुविधा जोडिन्छ ? स्वीकृति नदिएको भए नगरपालिकाले तत्काल निर्माण रोक्न किन सक्दैन ? भन्ने प्रश्न उठ्दै आएको हो । मापदण्ड मिच्नेसँग नगरपालिका कर्मचारी कै मिलेमतो रहेको आरोप पनि लाग्दै आएको कुरा हो । निरिह बन्दै आएको नगरपालिकालाई यसपटकको भूकम्पले भने मापदण्ड लागु गराउन अवशर दिएको छ ।


पोखरामा धेरै उचाईका घर बनिरहेका छन् भने सार्वजनिक जग्गा, ताल, सडक पनि मिचिएका छन् । पछिल्लो क्रममा त झन् लेकसाइड क्षेत्रमा आठ÷ नौ तलासम्मका घरहरु बन्दासमेत सम्वन्धित निकाय मौन रह्रयो । जसको फाइदा उठाउँदै व्यवसायीहरु हौसिए । पोखरामा बर्षेनी ३÷४ हजारका दरले घर थपिएको बताउने नगरपालिकाले कति घरलाई मापदण्ड लागु गर्न सकियो भन्ने कुरा भने बताउन सक्तैन । पोखरामा यति अग्ला घर बनाउन नगरपालिकाले कसरी स्वीकृति दिन्छ ? कसरी ७÷८ तले घरमा पानी, विजुली लगायतका सुविधा जोडिन्छ ? स्वीकृति नदिएको भए नगरपालिकाले तत्काल निर्माण रोक्न किन सक्दैन ? भन्ने प्रश्न पनि उठ्दै आएको हो । साथै मापदण्ड मिच्नेसँग नगरपालिका कै मिलेमतो रहेको आरोप पनि लाग्दै आएको कुरा हो ।

प्रत्येक पटक आउने कार्यकारी अधिकृतले यस विषयलाई उठाउने तर निकम्मा भएर रहनुपर्ने अवस्था सबैले देख्दै आएको हो । निरिह बन्दै आएको नगरपालिकालाई यसपटकको भूकम्पले भने मापदण्ड लागु गराउन अवशर दिएको छ । सरकारले नै दुई तला भन्दा माथिका घरको नक्सा पास नै नगर्न निर्देशन दिएको छ । बन्दै गरेका दुई तला भन्दा माथिका भवनलाई पनि तत्काल रोक्न भनेको छ । यही मौकामा पोखरा उपमहानगरपालिकाले पनि कडाईका साथ मापदण्ड लागु गराउन सक्छ । कानुन हातमा लिने अधिकार कसैलाई छैन ।


नियमविपरित निमार्ण हुदै गरेका लेकसाइड क्षेत्रका ४३ वटा होटल तथा घर धनिलाई नगरपालिकाले पत्र काटेर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको अधिकृत राना मगरले बताए । ताकेता अनुसार समयमै कार्यालयमा नआए कानुन बमोजिक कारवाही गर्ने रानाले दाबी गरे ।


सरुवा, बढुवा र आफ्नो कमजोर हुन्छु भन्ने नसोंची राजनीतिक खोल ओड्न छाडेर नियम मिच्नेलाई तत्काल कानुन बमोजिम कारवाही गर्न नगरपालिकाका कार्यकारी अधिकृतले थाल्ने हो भने यस पटक गाह्रो नहुने धेरैको विश्लेषण छ । यस विषयमा आफुले कदम चाल्ने कार्यकारी अधिकृत उदयबहादुर राना मगर बताउँछन् । पहिले बनेका मापदण्ड विपरितका अग्ला घरलाई कस्तो कारवाही गर्न सकिन्छ भन्ने विषयमा आफुले सोंचिरहेको बताउँदै अब त्यस्ता घर बन्न नदिन कडा रुपमा प्रस्तुत हुने उनको भनाई छ । सरकारले दिएको निर्देशन अनुरुप पोखरामा मापदण्ड विपरित निर्माण हुँदै गरेका होटल तथा घर धनिलाई तत्काल निर्माण रोक्न पोखरा उपमहानगरपालिका कार्यालयले पत्र काटेको छ ।

2a3ff03946ad0b59ff50b203c78ded44_Lनियमविपरित निमार्ण हुदै गरेका लेकसाइड क्षेत्रका ४३ वटा होटल तथा घर धनिलाई नगरपालिकाले पत्र काटेर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको अधिकृत राना मगरले बताए । ताकेता अनुसार समयमै कार्यालयमा नआए कानुन बमोजिक कारवाही गर्ने रानाले दाबी गरे ।
पोखरा वडा नम्बर ६ मा पर्ने लेखसाईड क्षेत्रमादुई तलावा २४ फिटसम्मको उचाईमा घर तथा भवन निमार्ण गर्न नियम भए पनि हाल ५ तले देखि ८ तलेसम्मका गगनचुली होटल तथा घरहरु निमार्ण भएका छन् । केहि निमार्णकै क्रममा छन् । पोखराको न्यूरोड क्षेत्रमा पनि मापदयड विपरितका घरहरु बनिरहेका छन् । जसले पोखराबाट देखेने हिमश्रृंखलालाई पनि छेकिरहेको छ भने उत्तिकै रुपमा भूकम्पीय जोखिममा पनि छन् ।
फेवाताल संरक्षण तथा व्याबस्थापन कार्यालयले समेत यसअघि ४३ होटल तथा घर धनिलाई आफ्नो प्रमाणपत्रसहित नगरपालीकामा उपस्थित हुन पत्र काटिसकेको छ । सम्पर्कमा नआउने र मापदण्ड नमान्नेलाई कारवाही गर्न सम्वन्धित निकाय लाग्नुपर्ने देखिन्छ । पोखरा क्षेत्रमा दुई तलेदेखि ३ तले अर्थाथ ३६ फिट भन्दा माथि उचाईको घर बनाउन नपाईने निमय छ । तर, गगनचुम्बी भवनहरु निमार्ण भैरहेका छन् । भूकम्पीय जोखिम पनि उत्तिकै रहेका कारण सुरक्षाका लागि तत्काल कारवाहीको माग गर्दै नगरपालिकामा स्थानीयले निवेदन पनि दिन थालेका छन् । यही मौकामा नगरपालिकाले कडाईका साथ नियम लागु गराउन तर्फ लाग्ने हो भने सर्वसाधरण तथा स्थानीयहरुबाट पनि समर्थन रहन सक्छ । यसतर्फ कार्यकारी अधिकृत उदय राना मगर र नगरपालिकाका अन्य कर्मचारीले पनि बिना कुनै लालच कारवाहीमा ध्यान दिनु आवश्यक देखिन्छ ।

Comments are closed.