काठमाडौंको भटभटेनीमा रहेको अनमोल स्वीट हाउसले दुषित मिठाई बिक्री तथा उत्पादन गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले शीलबन्दी गरेको छ । अनुगमन टोलीले स्वीट हाउसले बिक्री गर्न राखेको मिठाईमा भुसुना भन्केको, भित्र भान्सा पनि दुषित पाइएकोले शिलबन्दी गरेर सञ्चालकलाई स्ष्पष्टिकरणसहित तीन दिनभित्र उपस्थित हुन पत्र काट्दै शिलबन्दी गरेको खाद्यप्रविधि तथा गुणनियन्त्रक निरीक्षक मदन चापागाईले जानकारी दिए। उनका अनुसार अनमोल स्विट्सले उत्पादन गर्ने पानीपुरी तथा अन्य मिठाईमा साङ्ला पाइएको थियो। बिक्रीकक्षमा राखिएका दुषित मिठाइ नष्ट गरिएको चापागाईले जानकारी दिए।
Comments are closed.