बुधवार दिउसो पृथ्बिचोक को बजारमा फलफुल खरिद गर्दै नेपाली सैनिक हरु:तस्बिर- उत्तम पौडेल, पोखरा हटलाईन
उत्तम पौडेल
पोखरा हटलाईन
करीब २ महिना पुग्न लागेको अत्यास लाग्दो लकडाउनका कारण जनजिवन बिश्वब्यापी प्रभाबित छ ।नेपाल सरकारले लागु गरेको लकडाउन को नियम छिट्पुट बाहेक पालना भएको नै देखिन्छ ।अनुशाशित भएर लकडाउन पालना गरेको कारण ले नै गण्डकी प्रदेस मा अहिले सम्म त्यस्तो नराम्रो खबर छैन तर पनि एउटा जोखिम हामीले लकडाउनका शुरुवाती दिनहरुबाट नै उठाइरहेका छौ,त्यो हो दैनिक भारत बाट भित्री ने फलफुल तथा तरकारी । ।अत्यावश्यक वस्तुको नाममा भारतीय तरकारी फलफुल निर्वाद रुपमा पोखरा बजार भित्र भित्री रहेको छ । नागरिक छिर्न नदिएपनि सरकारले अत्यावश्यक वस्तु भन्दै हरेक दिन भारतीय तरकारी भित्रीन दिंदा जोखिम घटेको छैन । सिमामा खाद्यान्ह तथा तरकारी बोकेर भित्रने गाडीलाई न त क्वारेन्टायन लाग्छ न त सेनटराईज नै गरिन्छ । भारतका बिभिन्न स्थान हुंदै नेपाल आउने गाडी र खाद्य वस्तुबाट भाइरस आउन सक्ने जोखिम को बारेमा केन्द्र तथा प्रदेस सरकार त्यती गम्भिर देखिदैन । यसरी भारतीय बजारबाट आएका तरकारी, फलफुल तथा खाद्य सामाग्री बजारमा बिक्री भईरहेकाछन् । गण्डकी प्रदेश को राजाधानी पोखराका टोल टोल मा बिहानै देखि अधिकांस भारतीय तरकारी बोकेर साइकल ,ठेला तथा गाडी हरु घरघरमा पुग्ने गरेकाछन् । लकडाउनका कारण घर बाहिर निस्कन नपाएका स्थानीय उपभोक्तालाई घर अगाडी नै तरकारी फलफुल ल्याउंदा सहज त भएको छ, तर सग सगै आउन सक्ने कोरोना भाइरसको जोखिम भने दिनप्रतिदिन बड्दो देखिन्छ । त्यसमाथि पनि उक्त सवारी साधनहरुले अन्यत्रका मानिस हरुलाई पनि केहि पैसा लिएर पोखरा छिराएको पनि सुन्नमा आइरहेको छ ।यसले स्थिती अझ गम्भिर बन्न सक्नेमा दुइमत छैन ।
सब्जी मण्डिमा दिनहु आइरहेको फलफुल तथा तरकारी आफुहरुले सामाजिक दुरी कायम गरी बिक्री गरिरहेको तरकारी ब्यापारिहरुले जानकारी दिए पनि सवारी साधन का चालक तथा कर्मचारी बाट यो जोखिम यथावत नै रहेको छ । भारतिय सिमा नाकामा हजारौ नेपाली हरुलाई कोरोना भाइरस जोखिम कै कारण देखाउदै रोकेको सरकारले भारतिय तरकारी तथा फलफुल निर्बाध रुपमा भित्र्याउनुले भारतिय सिमा नाकामा हजारौ नेपाली हरुलाई कोरोना भाइरस जोखिम कै कारण देखाउदै रोकेको सरकारले भारतिय तरकारी तथा फलफुल निर्बाध रुपमा भित्र्याउनुले हामीले दुखका साथ पालना गरेको लकडाउन मजाक बनेको छ । मानव जातिको भविश्य नै अनिश्चित हुन सक्ने सम्मको यस्तो त्रासपुर्ण अवस्थामा हामी सँग जे छ त्यही खाध्यान्न तथा तरकारी हरु उपभोग गरेमा हामी बढी सुरक्षित हुन सक्छौ ।
Comments are closed.