भारतमा तेलको भाउ बढ्यो, नेपालमा पनि पर्न सक्छ असर

पोखरा, जेठ २ गते

petrol

भारतमा तेलको भाउ बढेको छ । यसले नेपालमा पनि असर पार्न सक्छ । भारतमा पेट्रोलमा भारतीय रुपैया सवा तिन रुपैया र डिजेलमा पौने चार रुपैया बढेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
भारतको दिल्लीमा अब पेट्रोल प्रति लिटर ६५ रुपैया ८७ पैसा भारतीय पुगेको छ । त्यसैगरी डिजेलको मूल्य ५२ रुपैया ७० पैसा भारतीय पुगेको छ ।
नेपालमा भारतबाटनै पेट्रोलीयम पदार्थ आयत हुने भएकाले, त्यहाँको असर नेपालमा पनि पर्ने आशँका गरिएको छ ।

Comments are closed.