भारतसँगको असल मित्रता पहिलो प्राथमिकता- उपाध्याय

पोखरा, १० चैत । भारतको लागि प्रस्तावित नेपालका राजदूत दीपकुमार उपाध्यायले भारतसँगको असल मित्रता आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले सोमबार पोखरामा आयोजना गरेको ‘नेपाल भारत आर्थिक क्षेत्रको सुदृढ सम्बन्धको लागि सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले व्यापार घाटा कम गराउने, पर्यटन प्रवद्र्धन र भारतीय लगानी आकर्षित गर्नको लागि आफूले भूमिका खेल्ने बताए ।

‘भारतीय संस्थापन नेपालप्रति सकारात्मक रहेको छ’, उनले भने– ‘उनीहरुको सद्भावलाई सही तरिकाले उपयोग गर्नुपर्छ ।’ भारतसँग नेपालको व्यापार घाटा कहालीलाग्दो भएको स्वीकार्दै उनले नेपालमा उद्योगधन्दा स्थापनाले मात्र व्यापार घाटा कम गर्न सकिने तर्क गरे ।
भारतीय लगानीलाई नेपाल आकर्षित गर्दै ती उद्योगबाट उत्पादित सामानहरु नेपालसँग सीमा जोडिएका उत्तरप्रदेश र बिहारमा निर्यात गर्नुपर्ने उनले बताए ।
अन्ध राष्ट्रवादले देशको भलो नहुने तर्क गर्दै उनले भारतसँग भएको उर्जा व्यापार सम्झौता (पिटिए) र उर्जा विकास सम्झौता (पिटिए) ले नेपालमा भारतीय लगानी प्रोत्साहित गरेको बताए । गतबर्ष भारतको उत्तराञ्चलमा गएको पहिरोमा परी कति नेपाली कामदारले ज्यान गुमाए भन्ने तथ्याङ्क समेत नभएको प्रसंग झिक्दै उनले भारतमा रहेका नेपालीको समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले लामो समयदेखि खालि रहेको राजदूतको कार्यभार सम्हाल्न लागेको बताए । अहिले नेपालनेपालको भारतसँगको व्यापार घाटा चुलिँदो छ । आर्थिक वर्ष २०६१÷०६२ मा ४९ अर्व ७५ करोड, ८६ लाख रुपैयाँ भएको व्यापार घाटा आर्थिक वर्ष २०७०÷०७१ मा आईपुग्दा ४ खर्व २२ अर्व ८८ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

Comments are closed.