भारतीय तीथार्लु चढेकाे बस दुर्घटनामा मृत्यु हुनेकाे स‌ङ्ख्या १७ पुग्याे

पाेखरा ९ बैशाख/ धादिङको नौविसेमा आज विहान भएको बस दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ । भारतीय तीर्थयात्री बोकेको बस नौबिसेको ओरालोमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी १४ जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारका लागि लगिएका दुई जनाको ओमसमाज बलम्बु , शिवज्योती अस्पताल र कलंकीमा रहेको सहीद मेमोरियल अस्पतालमा निधन भएको हो ।

दुर्घटनामा २८ जना घाइते भएका छन् । उनीहरुको राजधानीका विभिन्न आठवटा अस्पतालमा उपचार भइरहेको छ ।

dhadhing-acc-2

घाइतेमध्ये मेघा अस्पतालमा चार जना, शिवज्योती अस्पतालमा आठ जना, सहीद मेमोरियलमा दुर्इ जनाको उपचार भइरहेको छ । त्यस्तै नेपाल एपीएफमा एक जना, दीघायू अस्पतालमा चार जना, टिचिङमा सात जना तथा बयोधा र नर्भिक अस्पतालमा एकएक जनाको उपचार भइरहेको छ ।

दुर्घटनाको उद्दारमा नेपाल प्रहरी साथै सशस्त्र प्रहरीको एकसय ५० जनाको टोली खटेको छ । उद्दार कार्य अहिलेपनि जारी रहेको छ । दुई तले बस सडकबाट एकसय मिटर तल खसेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरु अधिकांश भारतीय नागरिक रहेको र उनीहरुको सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरी केन्द्रिय कार्यालयले जनाएको छ ।Dhadhing-acc

Comments are closed.