भारदारी सभाको निर्णय सुनेर मज्जाले हाँसे –झलनाथ खनाल

काठमाडौं १० बैशाख ःबालुवाटारमा शुक्रबार आयोजित नेकपा एमाले महाधिवेशन आयोजक समितिको बैठकलाई पार्टीका बरिष्ठ नेता झलनाथ खनालले ‘भारदारी सभा’ को संज्ञा दिएका छन् । महाधिवेशन आयोजक समिति गठन गरिसकेपछि फेरि अध्यक्ष ओली आफैंले स्थायी कमिटीको पुनर्गठन गरेको खबर सुनेपछि खनालको प्रतिक्रिया छ, ‘भारदारी सभाको निर्णय सुनेर म मज्जाले हाँसे ।’
महाधिवेशन आयोजक समितिको बैठकले आफूहरुलाई एकताविरोधी भनेर आरोप लगाएकोमा पनि खनालले आपत्ति जनाए । पार्टीको एकता भाँड्ने काम स्वयं केपी ओलीले नै गरिरहेको बताउँदै खनालले केपी ओलीकै कारण नेकपाभित्र अहिलेको सङ्कटपूर्ण अवस्था आएको बताएका छन् । रातोपाटीबाट साभार

Comments are closed.