
पोखरा, असोज । यूनाइटेड फ्रेन्ड्स इभेन्ट प्रा.लि. र सुरताल इभेन्ट प्रा.लि पोखराको आयोजनामा असोज ३ गते शुक्रबार अमरसिंहको खेल मैदानमा सुरताल म्यूजिकल टुर–२०७६ लाइभ कन्सर्टको आयोजना हुँदैछ । ख्याती प्राप्त कलाकार भिटेन, प्रकाश सपुत, बिक्रम बरालको सहभागिता रहने उक्त सांगितिक कार्यक्रममा स्थानीय कलाकारहरुको पनि सहभागिता रहने छ । सुरताल इभेन्ट प्रा.लि. र यूनाइटेड फ्रेन्ड्स इभेन्ट प्रा.लि.को संयुक्त आयोजनामा हुन गएको यस सांगितीक कार्यक्रमबाट भएको आम्दानीको केही रकम अनाथ आश्रममा सहयोग गरिने यूनाइटेड फ्रेन्ड्स प्रा.लि.का अध्यक्ष खिम बहादुर गुरुङले जानकारी दिए साथै कार्यक्रमको अन्तिम तयारी पूरा भइसकेको र कलाकारहरु बिहीबार पोखरा आउने कार्यक्रम रहेको पनि अध्यक्ष गुरुङले जानकारी गराए । नेपालका विभिन्न भागमा पुग्ने उक्त म्यूजिकल टुर पोखरा पछि कुस्मा, बाग्लुङ तर्फ लाग्ने छ । सो कार्यक्रम शुक्रबार दिनको ४ः०० बजे शुरु भई साझँ ८ः०० बजेसम्म रहने आयोजकले जानकारी दिए ।
Comments are closed.