पोखरा, १७ असार
लेखनाथमा स्काभेटर चालकलाई
भीरबाट धकेलेर हत्या गर्ने
अभियुक्तलाई कास्की प्रहरीले पक्राउ
गरेको छ । लेखनाथमा सडक खन्ने
बिषयमा विवाद हुँदा स्काभेटर चालक
बुटवलका २७ बर्षीय सुरेश चौधरीलाई
भीरबाट धकेलेर हत्या गरेको आरोपमा
लेखनाथको रिठेपानीका ३१ बर्षीय
दिपक मल्ल पक्राउ परेका हुन् ।
उनलाई तालचोक नजिकै
लुकिछिपी हिँडिरहेको अवस्थामा
पक्राउ गरिएको जिल्ला प्रहरी
कार्यालय कास्कीका प्रहरी प्रवक्ता
केदार रजौरेले जानकारी दिए ।
यही असार १३ गते
लेखनाथ नगरपालिका वडा
नम्बर १७ सिप्लेनितरामा सडक
खनिरहेका स्काभेटर चालक
चौधरीलाई मल्लसहितका
युवाहरुले भीरबाट धकेलेका
थिए । भीरबाट लडेपछि गम्भिर घाईते
भएका चौधरीको उपचारका लागि
अस्पताल लैजाँदै गर्दा ज्यान गएको
थियो । घटनापछि मल्लसहितका
युवाहरु फरार भएका थिए । घटनामा
संलग्न अन्यको खोजी भैरहेको प्रहरीले
बताएको छ ।
भरतपोखरीको पशुपति घाटसम्म
सडक खन्ने जिम्मा आफुहरुले पाउनुपर्ने
भन्दै स्थानीय दिपक मल्लको समूह तथा
श्रीधर पौडेल र महेश अर्यालको
समूहबीच विवाद थियो ।
मल्लको समूहले सडक खन्नको
लागि ल्याएको स्काभेटरलाई काम गर्न
नदिईएपछि पौडेल र अर्यालको समूहले
अर्को स्काभेटर ल्याएर आइतबार
बिहान काम सुरु गरेका थिए । मल्लको
समूहले सडक खन्ने जिम्मा आफुहरुले
पाएको र विना अनुमति सडक खनेको
भन्दै चालक चौधरीको कुटपिटपछि,
भीरबाट धकेलेर हत्या गरेका थिए ।
Comments are closed.