एजेन्सीहरु,
पोखरा, बैशाख १४ गते
नेपालमा आएको भुकम्पले एक जना भारितय अभिनेताको मृत्यु भएको छ ।
भारतिय संचार माध्यमहरुका अनुसार तेलुंगूका २५ बर्षिय अभिनेता विजयको सुटिङ्गका क्रममा नेपाल आएको बेला मृत्यु भएको हो ।
उनी एतकारम डट कम नाममको फिल्मको सुटिङ्गका लागि नेपाल थिए ।
उक्त फिल्मका सँगीतकार किशनले बिजयको मृत्युको खबर दिएका हुन् । सोमबार मात्र उनको मृत्युको खबर पाइएको उनले वताए ।
विजय सुटिङ्गबाट फर्कने क्रममा भुकम्पमा परेका थिए । फर्कने क्रममा उनी चढेको कार पुरिएको वताइएको छ ।
विजयको मृत्यु भएपनि, कारमा उनीसँगै रहेका अन्य तिन साथीहरु भने घाइते मात्र भएका छन् ।
Comments are closed.