भुकम्पसँगै अर्को बिपत्ती

पोखरा,

भुकम्पको त्रास त छदैछ । अर्को बिपत्ती नेपालमा आइलागेको छ । सयौ मानिसहरु बेपत्ता भएका छन् ।
उनिहरुको अवस्थाका बारेमा परिवारजन बेखबर छन्।
अस्पतालमा सयौको लाश छ । तर लाशको सनाखत हुन सकेको छैन ।

सयौ बिदेशीहरु बेपत्ता भएको खबर छ । मानिसहरु ढुक्कले घरमा बस्न सकेका छैनन् । रातभर मानिसहरु जाग्राम बसेका छन् ।

शहरमा उद्धार कार्य जारी छ । तर खबर सुनिन्छ, सयौ गाउँहरुमा संचार संपर्क बिच्छेदका कारण अझै पनि क्षतीको बिबरण आएको छैन । घाइतेहरु छटपटाइरहनुपरेको खबर छन् ।

Comments are closed.