भुकम्पसँगै सँगै पोखरामा चोरी र लुटपाट, बैंकबाट पैसा झिकेकी महिलाको दिउँसै दुइ लाख लुटपाट

पोखरा, बैशाख ३० गते
भुकम्पसँगै पोखरामा चोरी र लुटपाटका घटना बढेका छन् ।
केही दिन अघि पसलनै चोरी गरेको घटना सेलाउन नपाउँदै, पोखरामा दिउँसै पाँच जनाको समूहले एक ब्यक्तिले बैंकबाट झिकेको दुइ लाख लुटेका छन् । तर तिन दिन अघिको यो घटना एक जना अभियुक्त पक्राउ पर्न बाँकी रहेको भन्दै कास्की प्रहरीका अधिकारीले लुकाइरहेका छन् ।

pokhara_tour

पोखराको न्युरोडबाट बैंकमा पैसा झिकेर पार्दी जाँदै गर्दा बसमा एक जना गुरुङ्ग थरकी महिलाको दुइ लाख लुटिएको हो । लुटपाटमा संलग्न भएको आशंकामा चार जना पक्राउ गरेका छन् । उनिहरु साँच्चिकै लुटपाटमा संलग्न हुन् की प्रहरीले आफ्नो काम देखाउन उनिहरुलाइ पक्राउ गरेको हो ? भन्ने बारेमा थाहा हुन सकेको छैन ।
सूचना लुकाउन एक नम्बर मानिने प्रहरी अधिकृत प्रहरी नायब उपरिक्षक केदार रजौरैनै कास्की प्रहरीको प्रवक्ता छन् । उनले हरेक घटनाका बारेमा बुझन् खोज्दा आफुलाइ थाहा नभएको भन्दै पन्छिन खोज्छन् । लुटपाट भएको एरिया वडा प्रहरी कार्यालय बैदामको कार्यक्षेत्रमा पर्छ ।
त्यस कार्यालयका प्रमुख प्रहरी निरिक्षक बिरेन्द्र गोदारले आफुले समातेका ब्यक्ति बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाउने भएकाले घटनाका बारेमा उतै बुझ्न आग्रह गर्छन् । कास्की प्रमुह हरिबहादुर पालले घटनाको अनुसन्धान लगभग सकिएको र पक्राउ पर्न बाँकी एक जना हेटौडा तर्फ भागेको सूचना आएकाले घटनाका बारेमा सार्वजनिक गर्न लगाउने वताए । उनले लुटपाटमा परेकी महिलाको नाम जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक देबी पौडेललाइ सोध्न आग्रह गरे । पौडेलसँग साध्दा भने–‘भगवान कसम नाम थाहा छैन ।’
पहिलाका चोरीका घटनामा संलग्न ब्यक्तिहरुको नाम लिष्ट हेरेर चार जना पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।

Comments are closed.