पोखरा, २३ असार
पोखरा महानगरपालिका वडा नं.२२ भुम्दि क्षेत्रका १४० घर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ। भुम्दिकोट समाज हङकङद्वारा संकलित ३ लाख ३७ हजार २ सय रुपैयाको राहत भुम्दिकोट समाज पोखराले कार्यक्रम आयोजना गरि राहत वितरण गरिएको हो।कोभिड १९ कोरोना भाइरसका कारण लामो लकडाउनले प्रभावित पोखरा २२ का उल्लेरी, ढावा, भुम्दि, तारेभिर, पलाइचे, देउरालीस्वाँरा, काब्रे, चिसापानी, देरस्वाँरा गाउलेहरु र उक्त गाउबाट पोखरा आई बसोवास गरेका १० घर परिवारलाई खाद्यान्न वितरण गरिएको हो।
भुम्दिकोट समाज हङकङका अध्यक्ष चित्रबहादुर गुरुङ र सल्लाहकार क्या.चेतबहादुर गुरुङको विशेष पहलमा संकलित राहत रकमबाट प्रत्येक परिवारलाई २५ किलो चामल, नुन, तेल, दाल, चिनी, चियापत्ति कार्यक्रमका प्रमुख अतिथि क्या.टेकबहादुर गुरुङले वितरण गर्नुभएको हो।उक्त खाद्यान्न राहत ढुवानी सहयोग पशुपति हार्डवयरले गरेको कार्यक्रम संयोजक नरध्वज गुरुङले जानकारी दिनुभयो।राहत वितरण कार्यक्रमको अध्यक्षता भुम्दिकोट समाज पोखराका अध्यक्ष सुवेदार मेजर ज्ञानबहादुर गुरुङले र सञ्चालन सचिव कृष्णबहादुर गुरुङले गर्नुभएको तमु मै ताँका प्रवन्ध निर्देशक युगबहादुर गुरुङले जानकारी दिनुभयो।
Comments are closed.