भुसे चुलो र दाउराले दसैं भान्सा

पोखरा १ कार्तिक 
‘ग्याँस सकिएको एक महिना भैसक्यो । तर, ग्याँस आउने संभावना छैन’, पोखरा महेन्द्रपुलकी गृहिणी सकुन्तला श्रेष्ठले भनिन्, ‘ग्याँसको अभावले दाउरा र भुसे चुलो प्रयोग गरेकी छु । यो पनि कति दिन हो भन्ने टुङ्गो छैन । यसपटकको दसैं खल्लो हुने भो ।’ त्यस्तै समस्या सुनाईन पोखरा बुद्धचोककी जसु गुरुङले पनि ।

bhanchhaग्याँसको अभावमा दसैंका लागि दाउरा खरिद गरेको र दाउरासमेत सकिने अवस्थामा रहेको हुँदा कसरी गुजारा चलाउने र दसैंमा परकार बनाउने भन्ने चिन्ता बढेको उनले सुनाईन् । श्रेष्ठ र गुरुङलाई मात्र होइन अहिले यस्तो समस्या सिङ्गो शहरवासीलाई परेको छ ।
खाना पकाउने एलपी ग्यास नहुँदा शहरवासीको दसैं भान्सा खल्लो बन्ने भएको छ । शहरी क्षेत्रमा ग्यास सकिएको र भित्रिएका बुलेट ग्यासहरु ‘हात्तिको मुखमा जिरा’ जस्तै हुने हुँदा भान्साको दसैं परिकारमा असर पर्ने भएको हो ।

कतिपय उपभोक्ताको भान्सामै ग्यास सकिएको छ भने कतिपयमा ग्यास सकिने पिरलो बढेपछि प्रत्येक्ष असर दसैं भान्सामा परेको छ । उपभोक्तालाई भएको ग्यास सदुपयोग गर्दै वैकल्पिक उपायतिर लाग्न नेपाल आयल निगमले आग्रह गरिसकेको छ । विजुली बत्तिको प्रयोगबाट राइस कुकर चलाउने, गुइँठाको प्रयोग गर्ने तथा सम्भव भएसम्म दाउराको पनि प्रयोग विकल्प बनेको छ । तर, त्यो पनि कति दिनका लागि हो भन्ने चिन्ता छ । यी वैकल्पिक व्यवस्था शहरी क्षेत्रमा प्रयोग गरेर दसैं भान्सा तयार गर्न निकै कठिनाई हुने उपभोक्ताहरु बताउँछन् ।
बगरकी गृहिणी जमुना पंगेनी यसपालिको दसैं भान्सा अन्य दिनको दैनिक भान्साभन्दा पनि असहज रहने भन्दै खानाका परिकार घट्ने बताउँछिन् । राइस कुकरमा भात पकाउने र कुनै रेष्टुरेन्टबाट पकाइएको मासु वा तरकारी ल्याएरै केही दिनदेखि गुजारा चलाइरहेको बताउँदै उनले दसैंमा पनि त्यही गर्ने सोंचमा छिन् ।

त्यस्तै छोरेपाटनकी मिरा मगर पनि दाउरामै भात र मासु मात्रै पकाएर दसैं मनाउने बिचारमा छिन् । केही दिनदेखि आफू बस्ने घरछेउकै खाली जग्गामा दाउराको आगो बालेर खानाका परिकार बनाउँदै आएकी उनले दसैंमा पनि त्यसरी नै खाना बनाउने बताइन् । ‘विगतका दसैंमा सहज रुपमा घरमै धेरै परिकार पाक्थे, अब स्थिति बदलियो, धुँवा खाएरै भए पनि बाँच्नु पर्यो’ उनले गुनासो गरिन् । स्तै यस्तै पीडा भोग्न थालेकाहरु राजधानीमा दैनिक बढ्दै गएका छन् ।

Comments are closed.