भूकम्पका कारण आठ हजार दुई सय पचासको मृत्यु

काठमाडौँ, ३१ वैशाख । गत वैशाख १२ गते र २९ गते गएको भूकम्पमा परी आठ हजार २५० जनाको ज्यान गएको छ ।गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारी अनुसार वैशाख १२ गतेको भूकम्पबाट आठ हजार १५४ र २९ गतेको भूकम्पबाट ९६ जनाको मृत्यु भएको हो ।

11196241_849359825137417_485273246453342948_n

पछिल्लो तथ्याङ्कअनुसार हालसम्म पूर्ण क्षति हुने सरकारी कार्यालयको सङ्ख्या ६७३ र आंशिक क्षति भएका कार्यालयको सङ्ख्या एक हजार ७४२ रहेको छ ।भूकम्पबाट सर्वसाधारणका चार लाख ७९ हजार ३०८ घर पूर्णरुपमा क्षति भएका छन् भने दुई लाख ६३ हजार २६ घर आंशिक क्षति भएका छन् ।

Comments are closed.