१३ वैशाख, काठमाडौं
शनिवार बिहान ११ बजेर ५६ मिनेट जाँदा आएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या करीव १९ सय पुगेको छ । देशभरिबाट प्राप्त तथ्याङ प्रशोधनपछि हालसम्म १८ सय ८३ जनाको मृत्यु पुष्टि भएको गृह मन्त्रालयले जनाएको हा े ।भूकम्पमा परी घाईते भएका करीव ५ हजार जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । मृतकहरुमध्ये सबैभन्दा बढि ७ सय २३ जनाको काठमाण्डौमा मृत्यु भएको छ । काठमाडौंपछि सबैभन्दा बढि मानवीय क्षति हुने जिल्लामा भक्तपूर रहेको छ जहाँ २ सय ५ जनाको मृत्यु पुष्टि भएको गृह मन्त्रालयले जनाएको छ । यसैगरी सिन्धुपाल्चोकमा १ सय ५० र ललितपूरमा १ सय २५ जनाको मृत्युको पनि पुष्टि भईसकेको छ । काभ्रेमा १ सय २७, धादिङमा १ सय २३, नुवाकोटमा १ सय ३३ र गोरखामा ९४ जनाको पनि शनिवारको भूकम्पले ज्यान लिएको पुष्टि भएको छ । त्यस्तै रसुवामा ७१, मकवानपूरमा २८, दोलखामा ३३, रामेछापमा १७, सिन्धुलीमा १५, सुनसरीमा ७, ओलखढुंगामा ७, झापामा २ र सोलुखुम्बुमा २ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मृतकहरुमा एकजना, बारामा दुई, पर्सामा एक, लम्जुङमा ३, अछाममा एक, सर्लाहीमा एक र ताप्लेजुङमा एकजनाको पुष्टि भएको छ । ५ हजार घाइतेको उद्धार भूकम्पका कारण सबैभन्दा बत्रढी मृत्यु काठमाण्डौमा भएजस्तै घाइतेहरु पनि सबैभन्दा बढि काठमाडौंमै छन् । हालसम्म २ हजार ५ सय घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै मकवानपूरमा ३५, दोलखामा एक सयजना घाइतेको उपचार भइरहेको छ । उता हिमाली जिल्ला सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट ३० जनाको उद्धार गरीएको छ भने रामेछापमा १२, धादिङमा एक सय ३० काभ्रेमा ३ सय घाइतेको उद्धार भएको छ । भूकम्पमा परी कास्कीमा घाईते बनेका १० जनाको उद्धार गरीएो छ भने गोरखामा एक सय जनाको उद्धार भएको छ । नुवाकोटमा चार सय भन्दा बढि घाइतेको उद्धार गरिएको छ । त्यस्तै सिन्धुलीमा ३१, तनहुमा १४, ललितपूरमा ७ सय ९१ घाइतेको उद्धार भएको गृह मन्त्रालयले जनाएको छ ।
चिनीयाँ उद्धार टोली पनि आउँदै
भूकम्प पीडितहरूका सहयोगका लागि आइतबार सबेरै बेइजिङबाट उडेको ६८ सदस्यीय चिनियाँ उद्दार टोली केहीबेरमै काठमाडौं आईपुग्दैछ । चिनियाँ उद्धार टोलीमा ३८ चिनियाँ जनमुक्ति सेनाका जवानसहित चाइना इन्टरनेशनल सर्च एण्ड रेस्क्यु टिम (सीआइएसएआर) का तालिमप्राप्त विशेषज्ञ टोली र ६ कुकुर छन् । चीन सरकारले विशेष विमानबाट अत्यावश्यक बन्दोबस्तीका सामाग्रीसहित उद्दार टोली पठाएको हो । टोलीलाई विदाई गर्न चिनियाँ परराष्ट्र मन्त्रालयका सहायक विदेश मन्त्री लिउ जिनचाओ, चीनका लागि नेपाली राजदूत महेश मास्के, काउन्सिलर रामप्रसाद सुवेदी लगायत विमानस्थल पुगेका थिए । चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालमा भुकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आवश्यक जस्तोसुकै सहयोगका लागि तयार रहेको जनाएका थिए । शनिबार अबेर समकक्षी रामवरण यादवलाई पत्रमार्फत चिनियाँ राष्ट्रपतिले उक्त जानकारी गराएका हुन् । प्रधानमन्त्री लि खछ्याङ र परराष्ट्र मन्त्री वाङ यीले समेत आ–आफ्ना समकक्षी सुशील कोइराला र महेन्द्रबहादुर पाण्डेलाई बेइजिङस्थित नेपाली दूतावासमार्फत सोही आसयको छुट्टाछुट्टै पत्र पठाएको बताईएको छ ।
अमेरीकी टाेली पनि अाउने
भूकम्पमा परी पिडीत बनेकाहरुकाे उद्धारमा अमेरीकी टाेली पनि अाउने भएकाे छ । १० लाख अमेरिकी डलर राहतका लागि सहयाेग गर्ने जनाएकाे अमेरिकी विदेश मन्त्रालयले भूकम्पमा परेकाहरुकाे उद्धारमा सक्दाे सहयाेग गर्ने बताएकाे छ । अमेरिकी सहयोग नियोग (यूएसएड)ले पनि तत्काल उद्दारका लागि चाहिने रकम विनियोजन गरिसकेको उल्लेख गरेको छ ।अमेरिकी गृहमन्त्रालयको प्रकोपपछिको खोज तथा उद्दार टोली राहत तथा उद्दार सामाग्रीका साथ त्यहााबाट प्रस्थान गरिसकेको छ । सन् २०११ मा जापानमा गएको विध्वंसकारी भूकम्प र सुनामीपछि त्यहाँको उद्दारकार्यमा खटिएको फेयरफ्याक्स काउन्टी, भर्जिनियाको उद्दार टोली नै नेपाल आउन लागेको हाे ।
Comments are closed.