भूकम्पको केन्द्रबिन्दु गोरखा बारपाका घाइते उपचारका लागि पाेखरा

11136780_1043175505711121_4235216983007351869_nपोखरा १३ बैशाख । बिनासकारी महाभूकम्पको केन्द्रबिन्दु मानिएको गोरखाको बारपाकमा उद्धारको काम सुरु भएको छ । भूकम्प गएको झण्डै २४ घण्टापछि नेपाली सेनाको हेलिकप्टरले घाईतेको उद्धार सुरु गरेको हो । सेनाको हेलिकप्टरबाट बिहान ११ बजे ३० जना घाईतेलाई पोखरा ल्याईएको थियाे भने अहिले पनि ३ाइतेहरुलार्इ ल्याउने काम जारी ।

प्रभाबित क्षेत्रबाट घाईतेलाई उद्धार गर्ने र राहत सामाग्री पुर्‍याउने काम थालिएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले जानकारी दिए । घाईतेहरुलाई पोखराका बिभिन्न अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । अन्य घाईतेको उद्धारको लागि सेनाको हेलिकप्टर पुनः राहत सामाग्री सहित प्रभावित क्षेत्र तर्फ गएको छ ।

रेडक्रस पोखराका अनुसार बारपाकमा चार सय थान त्रिपाल र चार सय थान कम्मल पठाउन लागिएको छ । उद्धारगरी पोखरा ल्याईएका घाईतेका अनुसार सो क्षेत्रमा ठूलो मानविय तथा भौतिक क्षति भएको छ । बचेका मानिसहरु उद्धारको पखाईमा छन् । बारपाक, लाप्राक, गुम्दा लगायतका गाबिसका अधिकांश घरहरु भत्किएका छन् भने सयौ मानिसले ज्यान गुमाएको घाईतेहरुले बताएका छन् ।

Comments are closed.