काठमाडौं– मंगलबार भएको शक्तिशाली भूकम्पपछि पराकम्पन जाने क्रम रोकिएको छैन । शनिबार दिउँसो एक बजेसम्म चार रेक्टरस्केलमाथिका सात वटा पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार नुवाकोट, धादिङ, दोलखा तथा ललितपुर र मकवानपुको सीमालाई केन्द्र विन्दु बनाएर पराक्पन गएका छन् ।शनिबार विहान नौ बजेर २४ मीनेट जाँदा ललितपुर र मकवानपुरलाई केन्द्रविन्दु बनाएर ४. २ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि शनिबार विहानै नौ बजेर २४ मीनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टरस्केलको भूकम्प गएको थियो ।
यसैगरी विहान ६ बजेर ३१ मीनेटमा नुवाकोट र धादिङलाई केन्द्र बनाएर चार रेक्टरस्लेको भूकम्प गएको थियो भने ६ बजेर ११ मीनेटमा नुवाकोटलाई केन्द्र बनाएर ४ रोक्टरस्केलको भूकम्प गएको हो । विहानै चार बजेर ३८ मीनेटमा दोलखालाई केन्द्रविन्दु बनँएर ४.१ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार शनिबार विहान २ बजेर १५ मीनेटमा गोरखालाई केन्द्रविन्दु बनाएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।
Comments are closed.